• लक्ष्मीमार्ग १३ जेठ । बेलवारी नगरपालीकाको ११ नम्वर वडा लक्ष्मीमार्ग स्थीत रहेको युनाईटेड युथ क्लवले आईतवार वडाभरी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
    बेलवारी नगरपालीको सहकार्यमा एक दिने फोहोर मैला व्यवस्थापन तथा कार्यसाला गोष्ठी सम्पन्न भएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख सुवेदिले यस ठाँउको फोहोर मैला व्यवस्थापनमा मुख्य डम्पीङ गर्ने स्थान र सकलन गर्ने गाडिको व्यवस्था साथसाथै प्रसोधन केन्द्रको योजना समेतको चाँडैनै व्यवस्था गर्ने बताए । नगरपालीका घोषणा भएको एक वर्ष बित्दा समेत फोहोरमैला व्यवस्थापनमा नगरपालीकाले चासो नदेखाएको प्रति स्थानीय चिन्तीत देखिन्थे । क्लवका अध्यक्ष अजित अधिकारीको अगुवाहिमा बिभिन्न बिद्यालय, संघसंस्था लगायत स्थानीय हरुको सहभागितामा भएको उक्त कार्यक्रममा ब्यानर तथा प्ले कार्ड बोकेर वडा परिक्रमा गर्नुको साथै भिजियोलको माध्यम बाट नगरपालीकाका अधिकृत महेन्द्र खड्काले प्रशिक्षित गरेका थिए । सोहि दिन वडा भरी ८४ वडा स्टेण्ड सहितको फोहोर संकलन गर्ने डस्टविन समेत राखिएको क्लवका सचिव शिव काफ्लेले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…