देबु बानियाँ
इटहरी । एरिया ए का ८ वटा शाखाको आयोजनामा प्रभावकारी संसदीय व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
एरिया ए अन्तरगत रहेका गछिया जेसीज, इटहरी जेसीज, इटहरी महिला जेसीज, इन्द्रपुर जेसीज, झुम्का जेसीज, बेलबारी जेसीज, लेटाङ जेसीज र तरहरा जेसीजको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण सम्पन्न भएको हो ।
नेपाल जेसीजका प्रशिक्षक राजा बाबु शाहले दिएको प्रशिक्षणमा ८० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।
तालिमको संयोजन गछिया जेसीजले गरेको थियो ।
नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यता तथा गछिया जेसीजका अध्यक्ष नेत्रप्रसाद दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्ष २०१८ का उपाध्यक्ष राष्ट्रिय उपाध्यक्ष अमिस ढकाल, नेपाल जेससीजका पूर्व कार्यकारी उपाध्यक्ष भेषओजा काफ्लेलगायत विभिन्न शाखाका अध्यक्ष तथा पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।
इटरहरी महिला मिनु न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन गछिया जेसीजका महासचिव प्रदिप विष्टले गरेका थिए ।