• विराटनगर, १४ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ९गोरे० ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् ।

    जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

    गोरेका अनुसार विमानबाट प्रहरीकै पास प्रयोग गरी तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा पुर्‍याइने सुन उनले अनकूल समयमा बाहिर निकाली भरियामार्फत तोकिएका स्थानमा पठाउँथे । यसबापत खत्रीले प्रतिकिलो ५० हजार रुपैयाँ बुझ्थे ।
    आफू तस्करीमा सघाउने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिका नाइके, प्रहरी उच्च अधिकारी र दलका ठूला नेता पक्राउ परे मात्र सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् । ती व्यक्तिको नाम भने उनले खुलाएका छैनन् ।

    गोरेले थाई एयरबाट सुन भित्रिएको तर तोकिएको स्थानमा लैजाने क्रममा बाटैमा लुटिएको अदालतसमक्ष बताएका छन् । ‘दुबईबाट आएको सुन लुटिएकामा कुनै विवाद छैन,’ जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा आइतबार बयान दिँदै उनले भने, ‘कसले लुट्यो भन्नेचाहिँ हालसम्म रहस्यमै छ ।’
    भरिया सानु बनको मृत्यु भइसकेकाले सुन कहाँ गयो भन्ने पत्ता लगाउन असहज भएको उनको भनाइ थियो । ‘सुन मालिक भारतीय रहेको जानकारी पाए पनि मैले उसलाई चिनेको छैन,’ उनले बयानमा भनेका छन्, ‘नेपालबाट स्थलमार्ग हुँदै भरिया फेरेर सुन भारत लगिन्थ्यो ।’ तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याएबापत बनले प्रतिकिलो ३५ हजार रुपैयाँ पाउने गरेको गोरेले जनाए ।
    हराएको भनिएको सुनका मालिक भारतीय रहेको तर उनलाई आफूले नचिनेको गोरेले बयानमा खुलाएका छन् । दुबईबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले स्विकारेका छन् ।
    बयानपछि अदालतले गोरेलाई थुनामा राख्न आदेश दिएको छ । सुन तस्करी, भरियामाथि यातना र हत्या, लास दबाउने काममा सक्रियता, आपराधिक समूह स्थापना र सञ्चालनमा संलग्नताजस्ता प्रमाणका आधारमा उनी कसुरदार देखिएको अदालतको ठम्याइ छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…