• काकरभिट्टा । झापामा जारी पि.वि. थापा स्मृति के.सी.सी राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको आज भएको तेश्रो दिनको पाँचौ खेलमा काकरभिट्टाका अनरेटेड भरत तामाङले दमकका इएलओ १५८५ का प्रज्वल बस्नेतलाई पांखा लगाउदै ३ दशमलव ५ अंक जोडेका छन् । भने अर्का गौरादहका अनरेटेड राजकुमार बान्तवाले सुनसरीका इएलओ १७६० का हिमाल राईलाई पाँचौ चरणको खेलमा अंक बाड्न मजबुर पार्देै ३ अंक जोडेका छन् ।
    भरतले आजै भएको चौथो चरणको खेलमा काठमाण्डौका इएलओ १५०६ का मोहन सिँह प्रधानलाई पराजित गरेका हुन भने राजकुमारले बुटवलका इएलओ १६३७ का चामन गाहा मगरलाई चौथो चरणको खेलमा पनि बराबर अंकमा चित्त बुझाउन बाध्य पारेका थिए ।
    त्यसैगरी पुर्व नेपाल च्याम्पियन झापाका भुपेन्द्र निरौला काठमाण्डौंका राजन पुरी मकवानपुरका कृष्ण थापा , झापाका राजन सुवेदी ४ दसमलव ५ अकं सहित शिर्ष स्थानमा रहेका छन ।
    भुपेन्द्रले झापाका सहकर्मी ज्वाला इम्वुङलाई चौथो चरणमा पराजित गर्न सफल भए भने पाचौं चरणको खेलमा राजन पुरी संग वरावरी अकंमा चित्त वुझाएका छन । राजनले पुर्व नेपाल च्याम्पियन तथा फिडे मास्टर विलम लाल श्रेष्ठ लाई चौथो चरणको खेलमा रोचकपुर्ण तरिकाले पराजित गर्दै जित हात पारे । त्यस्तै आज राम्रो प्रदर्शन गरेका कृष्णले पाचौं चरणको खेलमा झापाका उमेस राई माथि सफलता प्राप्त गरे भने चौथो चरणका खेलमा सुनसरीका हिमाल राईलाई निरास पारेका थिए । राजन पुरीले चौथो चरणका खेलमा ललितपुरका हिराकाजी महर्जनलाई पन्छाए भने पाचौं चरणको खेलमा फिडे मास्टर मनिस हमाललाई हराएका थिए ।
    त्यस्तै झापाका प्रकाश नेपाल, ताप्लेजुङ्गका लक्ष्मि प्रसाद कन्दङवा ,सुनसरीका मणिराज डाँगी ,कैलालीका दिर्घराज जोसी, र सुदिप तामाङ्गले ४ अकं सहित दोस्रो स्थान ओगटेका छन । प्रकाशले चौथो चरणको खेलमा झापाका उमेस राई संग वरावरी खेले भने पाचौं चरणको खेलमा ताप्लेजुङ्गका भवानी लिम्वुलाई हराए । लक्ष्मि प्रसाद कन्दङ्गवाले राम्रो प्रदर्शन गरि दुवै खेलमा जीत हात पार्ने क्रममा पाँचथरका राजन कुमार राईलाई र सप्तरीका मनोज वि.क. माथि विजय हात पारे । यस्तै गरि मणिराजले चौथो र पाचौं चरणको खेलमा दोर्जे लाक्पा तामाङ्ग र शिखर रेग्मी माथि सफलता प्राप्त गरे ।
    झापाका उमेर राई ,मनिष हमाल ,काठमाण्डौंका युवराज पौडेल ,सुश्रुत दाहाल ,नविन तण्डुकार ,मिलन लामा ,चामन मगर गाछा ,प्रज्वल वस्नेत ,सुमन श्रेष्ठ ,सुसन गौतम सुरविर लामा ,वद्रिलाल नेपालीले ३ दसमलव ५ अकं सहित तेस्रो स्थानमा रहेका छन ।
    कुल दुईलाख साठी हजार नगद पुरस्कार रहेको प्रतियोगितामा विजेताले ५० हजार नगद पुरस्कार हात पार्ने खेल संयोजक ओम प्रकाश दाहालले वताएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…