• देबु बानियाँ
    सर्खेत । तुलसी स्मृति अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा सेन्ट मेरिज को एड स्कुल वीरेन्द्रनगरकी चन्द्रा खत्रीले बाजी मारेकी छिन् । सुर्खेत महिला जेसीजको जेसीज सप्ताह अन्तरगत तेस्रो दिन आयोजना गरिएको ‘नारी शक्ति, हो हामी गर्न सक्छौँ’ भन्ने विषयक वक्तृत्वकला प्रतियोगितामा सुर्खेतका ११ वटा विद्यालयका सहभागि विद्यार्थीलाई पछि पार्दै खत्रीले उपाधी माथि कब्जा जमाएकी हुन् ।
    प्रतियोगितामा सेडा स्कुलकी सृष्टि शर्माले दोस्रो स्थान हासिल गरिन । डि.भि. निकेतन स्कुलकी निहारिका सुवेदीले तेस्रो स्थान हासिल गरिन । उनीहरुलाई जेसीज सप्ताहको १९ गते हुने समापन कार्यक्रममा ट्रफी र प्रमाण पत्र प्रदान गरिने शाखा अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो । प्रतियोगिताको मुख्य निर्णायकमा सुर्खेत शिक्षा क्याम्पसकी प्राध्यापक शिला गुरुङ, निर्णायकहरुमा वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष उपेन्द्र सुवेदी र सुर्खेत महिला जेसीजकी वर्ष २०१३ की अध्यक्ष ज्योति पौडेल रहनु भएको थियो ।
    सुर्खेत महिला जेसीजकी संस्थापक अध्यक्ष सीमा चन्दको प्रमुख आथित्यता तथा वर्ष २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्ष २०१३ की अध्यक्ष ज्योति पौडेल, पूर्व अध्यक्ष निर्मला पाठक सुवेदी, सर्खेत शिक्षा क्याम्पसका प्राध्यापक शीला गुरुङ, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष उपेन्द्र सुवेदीलगायतले सुर्खेत महिला जेसीजले सामाजिक क्षेत्रमा गरेका कार्यको प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा समेत यसरी नै समाजिक क्षेत्रमा लाग्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सिया प्रधान कार्कीले गरेकी थिइन् । जेसीज सप्ताह अन्तरगत मंगलवार बिहान ११ बजेदेखि दन्त परिक्षण शिविर सञ्चालन हुने शिविर कार्यक्रम संयोजक ज्ञानु गौतमले बताइन् ।

















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…