मेचीनगर । बालकल्याण मावि मेचीनगर ५ झापामा रहेको बालकल्याण बाल क्लबले ११ औँ गणतन्त्र दिवसको अवसर पारेर विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विभिन्न विधाका खेलहरुमा समावेश गराएर खेलकुद कार्यक्रम सम्पन्न गरेको हो । कक्षा नर्सरी र एलकेजीलाई चक्लेट दौड, कक्षा १ र २ लाई छात्रतर्फ बेलुन फुटाउने, छात्रातर्फ ५० मिटर दौड, कक्षा ३ लाई म्युजिकल चेयर, कक्षा ४ र ५ लाई हिसाव दौड, कक्षा ६ र ७ लाई तातो आलु, कक्षा ८, ९ र १० का छात्रहरुलाई हाँडी फुटाउने प्रतियोगिताको आयोजना गरिएको थियो ।
नर्सरीको चक्लेट दौडतर्फ निलकुमार दास प्रथम, राधिका घिमिरे दोस्रो, मिलन बुढाथोकी तेस्रो भए ।
एलकेजीतर्फ अर्पण सुन्दास प्रथम, महसुस कटुवाल दोस्रो, राज मग्रान्ती तेस्रो भए ।
कक्षा १ को छात्र बेलुन फुटाउनेमा धनराज दर्जी प्रथम र प्रेम प्रधान दोस्रो भए । कक्षा १ को छात्रा ५० मिटर दौडमा विनिता बुढाथोकी प्रथम, आयुषमा राजवंशी दोस्रो र पायल सुब्बा तेस्रो भए ।
कक्षा ३ को म्युजिकल चेयरमा रञ्जिता विक प्रथम, अरुण क्षेत्री दोस्रो र प्रशन बस्नेत तेस्रो भए ।
कक्षा ४ र ५ को हिसाब दौड छात्रतर्फ आयुष खत्री प्रथम र एसन चौधरी दोस्रो तथा छात्रातर्फ दिपिका ढुङ्गाना प्रथम, रिश्ता श्रेष्ठ दोस्रो र चादनी गिरी तेस्रो भए । कक्षा ६ र ७ को ताता आलु छात्रतर्फ अमन रसाइली प्रथम, विश्वास पाण्डे दोस्रो र विवेक सुब्बा तेस्रो भए । छात्रातर्फ ग्रीष्मा ढकाल प्रथम, सोनिया विक दोस्रो र सन्ध्या सुब्बा तेस्रो भए ।
मावि तर्फको हाँडी फुटाउनेमा कक्षा ९ का प्रमोद सापकोटाले बाजी मारे । विजेता विद्यार्थीहरुलाई बाल क्लबकातर्फबाट पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी क्लबले विद्यालय छुट्टी हुनुपूर्व दीप प्रज्वलन समेत गरेको थियो । बाल क्लबको कार्यालयमा गणतन्त्र दिवस लेखेर विद्यार्थी तथा शिक्षकहरुले दीप प्रज्वलन गरेका बाल क्लबकी अध्यक्ष गौरी गिरीले बताइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण न्यौपाने, सहायक प्रधनाध्यापक मञ्जु दाहाल, बाल क्लब संरक्षक शिक्ष देबु बानियाँ, सदस्य शिक्षक अमृता चम्लगाई, शिक्षक दिपक ढुङ्गानाले विद्यार्थीहरुलाई गणतन्त्रका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक दिपक ढुङ्गानाले गरेका थिए ।