• उर्लाबारीे जेठ १५ । सहिद साइकसेन सिरेङ चङबाङको उदयपुरगढिमा श्रद्धाञ्जली शभा सहित समाधी स्थल स्मारक निर्माण गरिएको छ । दोस्रो सिरेङ चङबाङ बंशवाली समितिले खोज अनुसन्धान गरि सो गढीमा व्यापक जनसहभागिता सहित स्मारक स्थापना गरेको हो । बि.सं १८३० मा साउन २७ गते साईकसेनको पृथ्वीनारायण शाहको सेना सङ युद्धमा देवहसान भएको थियो । आफ्ना पितापुर्खाको इतिहासलाई जगेर्ना गर्नका लागि स्मारक स्थापाना गरिएको र आगामी दिन थप काम हरु गरिने समितिका महासचिव सुर्यमान सेरिङ्ले बताए । वडा नम्बर का ५ वडा अध्यक्ष कुमार अधिकारी को प्रमुख आथित्यता कार्यक्रम सप्पन्न भएको थियो ।

    साईकसेन को निधन भएको ठाउ खोज अनुसन्धानको लागि बंशवलीका प्रधान संकलक इतिहासबिद रनध्वज सेरिङ ताप्लेजुङ जिल्ला सन्योजक राम सेरिङ, बंशवली प्रकासनका ब्यवस्थापक चन्द्र सेरिङ लयागतको टोली साईकसेनको निधन भएको ठाउँ गढी गुगेका थिए । पर्यटकिय सम्भावना बोकेको गढीलाई सेरिङ जातिको ईतिहास रहेको ठाउँ भनी साइकसेन स्मारक बनाउने कामले पर्यटन प्रबद्र्धन मा सहयोग पुगेको र खुशी लागेको स्थानिय समाजसेबी कुमार रोकाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…