• सुर्खेत । सुर्खेत महिला जेसीजले मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
    जेसीज सप्ताह अन्तरगत चौथो दिन दन्त शिविर सम्पन्न गरेको हो । समुदायमा आधारित बाल विकास केन्द्रका २६ जना बालबालिकाको दन्द परिक्षण गरेको सुर्खेत लेडी जेसीज वर्ष २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो । जस मध्ये ८ जना नानीहरुको दाँतमा जटिल समस्या देखिएको छ । दन्त चिकित्सक योगेन्द्र शाहीले विद्यार्थीहरुको दन्त परिक्षणे तथा स्वास्थ्य संयोजक ज्ञानु गौतमल सहजीकरण गरेकी थिइन् ।
    शाखा अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष सीमा चन्द तथा विशिष्ट अतिथि पूर्व अध्यक्ष ज्योति पौडेल रहेकी थिइन् ।
    यसैगरी, साँझ सुर्खेत लेडी जेसीज र वीरेन्द्रनगर नगरपालिकाको सयुँक्त आयोजनामा ११ औँ गणतन्त्र दिवसको अवसर पारेर दीप प्रज्वलन गरिएको छ ।
    सुर्खेतको पीपल चौतारीमा गरिएको दीप प्रज्वलन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र उपमेयर मोहनमाया ढकालको समेत सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…