• बाहुनडाँगी । मेचीनगर नगरपालिका ३ वडा समितिले १ सय १ वर्षकी बृद्धासहित १ सय ५० जनालाई एकैसाथ सम्मान गरेको छ । सम्मान पाएपछि उनीहरुमा अझ केही वर्ष बाँच्न सक्ने आत्माबल पलाएको प्रतियक्रिया दिए ।
    वडा कार्यालयमा आयेजित सम्मान कार्यक्रममा वडा भित्र रहेका ७५ वर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई सामुहिक सम्मान गरेको हो । जसमा १ सय १ वर्षकी पार्वती पौडेलसहित उनीहरुलाई सामुहिक सम्मान गरेको थियो ।
    मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यता तथा वडा नम्बर ३ का वडा अध्यक्ष हर्क बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपमेयर मिना उप्रेतीले बृद्धाहरुको सम्मानले उहाँहरुको आत्माबल बढ्ने बताइन् ।
    कार्यक्रममा स्थानीय राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, नगर सदस्यहरुको सहभागिता रहेको थियो । वडा सदस्य रिता थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य चन्द्रकुमार बोहोराले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…