• काँकरभिट्टा । आर्दश मावि मेचीनगर ८ इटाभट्टामा अध्ययनरत ५ जना छात्राहरुलाई रुपा गिरी स्मृति छात्रावृत्ति पुरस्कारबाट सम्मान गरिएको छ ।
    अमेरिकामा बस्दै आउनु भएको मेचीनगर ८ दुर्गामन्दिरका चन्द्र गिरी र दीपेन्द्र गिरीले आफ्नी स्वग्रीय आमा रुपा गिरीको नाममा स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
    यसरी पुरस्कृत हुनेहरुमा अंकिता अधिकारी, रोशना किसान, प्रियंका राजवंशी, सृजना राजवंशी र सुजता तिवारी रहेका छन् । उनीहरुलाई जनही ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरिएको अक्षयकोषका संरक्षक तथा परिवारका अर्का छोरा देवराज गिरीले बताउनु भयो ।
    यहि विद्यालयका पूर्व विद्यार्थीहरु रहेका गिरी परिवारले आफुहरुले पढेको विद्यालयका जेहेन्दार तथा गरिव विद्यार्थीहरुको पढाईमा थप हौषला होस भन्ने उदेश्यले अक्षयकोषको स्थापना गरेर हरेक वर्ष वतरण गर्दै आएको सोही विद्यालयका शिक्षक समेत रहनु भएका देवराज गिरीले बताउनु भयो । चन्द्र र दीपेन्द्र गिरी आदर्श माविका पूर्व विद्यार्थी हुन भने हाल उहाँहरु अमेरीकामा बस्दै आउनु भएको छ ।
    यसैगरी, सोही अवसर पारेर विद्यालयमा विद्यालयको स्मारिका विमोचन गरिएको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    विद्यालयको ५० वर्षको इतिहासलाई समेटेर तयार पारिएको आदर्श विद्यालय स्मारिकाको कक्षा २ का विद्यार्थीहरुले विमोचन गरेका थिए ।
    नगर शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतीराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विष्ट, विद्यालयका प्रधानाध्यापक हेम खड्का, स्मारिकाका सम्पादक तथा शिक्षक त्रिलोचन भण्डारी, अक्षयकोष संरक्षक देवराज गिरीलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लम्बोधर पौडेलले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…