• दमौली, तनहुँ । जनताको सेवा गर्न चुनिएका जनप्रतिनिधिहरु बाट नै महिलाहरु बलात्कारित हुन थालेका छन्।

    केही दिन अगाडिमात्रै तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झग बहादुर कुमालले एक महिलालाई बलात्कार गरेर फरार भएका छन्।

    सोहि वार्डकै वडा सदस्य शक्ति थापाले पनि एक महिलालाई बलात्कार गरेको आरोप छ।

    बलात्कार गरेको घटना बाहिर आएपछि वडा अध्यक्ष कुमाल र सदस्य थापा दुबै फरार भएका छन्।

    अभियुक्त फरार भएपछि निजहरुलाई पक्राउ गरि हदै सम्मको कार्वाही र पीडितलाई न्याय दिलाउन माग गर्दै  नेपाली कांग्रेस तनुहँका महिला प्रतिनिधीहरु, महिला तथा बालबालिका कार्यालयका कर्मचारीले माग गर्दै विभिन्न र्याली निकालेको महिला तथा बालबालीका सेवा केन्द्र बेलचौताराकी संयोजक राजकुमारी भुसालले बताईन्।

    सामाजिक संघ संस्था महिला अधिकारकर्मीहरुले परार अभियुत्तलाई पक्रउ गरी कार्वाही गर्न माग गर्दै संयुक्त  रुपमा जिल्ला  प्रशासन कार्यलय तथा जिल्ला प्रहरी कार्यलयमा ज्ञापन पत्र समेत बुझाएका छन्।

    वडा अध्यक्ष कुमाल र वडा सदस्य थापा दुवै गत वर्षको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…