काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेटमा ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा आपत्ति जनाएको छ।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाहरुलाई भत्ता दिने निर्णय बजेटमा समावेश नगरिएकोमा आपत्ति जनाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माल बताए।
काँग्रेसले मृगौला, क्यान्सर र स्पाईनल कर्ड इन्जुरी भई प्यारालाइसिस भएका विरामीलाई ५ हजारका दरले प्रतिमहिना जीविकोपार्जन भत्ता उपलब्ध गराउने देउवा नेतृत्वको सरकारको निर्णय पनि बजेटमा समावेश नगरिएकोमा गम्भिर असहमति जनाएको छ।
मानवीय दृष्टिले समेत उपयुक्त यी कार्यक्रमहरु बजेटमा समावेश नगरिएकोमा आफ्नो पार्टीको आपत्ति रहेको प्रवक्ता शर्माले बताउनु भयो। पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी उनले सरकारले ल्याएको बजेटमा १४ बुदे असहमति रहेको पनि स्पष्ट पारे।
प्रवक्ता शर्माले मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न पनि सरकारसँग माग गरे।