• मेचीनगर । एक साता अघि निधन भएका मेचीनगर ५ मन्छिगाउँका अजय राईको परिवारलाई स्टील व्यवसायीहरुले १ लाख आर्थिक सहयोग गरेका छन् ।
    आल्मुनियमका मुख्य मिस्त्री काले भनिने अजय राईको गत जेठ ११ गते अचानक निधन भएको थियो । उनको निधन भए भएपछि आर्थिक अवस्था कमजोर भएका उनको छोरा सौरभ राईको पढाइलाई सहयोग गर्ने उदेश्यका साथ उक्त रकम संकलन गरेर सहयोग गरेको उपेन थापाले बताए । नर्थ प्वाइन्ट बोडिङ स्कुलमा पढ्दै आएका सौरभलाई कक्षा १० सम्मको अध्ययन गर्नका लागि उनीहरुले रकम संकलन गरेर बच्चाकै नाममा जम्मा गर्ने तयारी गरेका छन् । उनीहरुलाई रकम हस्तान्तरण गर्न उपेन मगर, कृष्ण चौहान र रञ्जित खनाल राईको घरमा आएका थिए ।
    बच्चाको पढाइका लागि त्रिवेणी सप्लार्यसका हेम गुरुङले सौरभलाई वार्षिक १० हजार दिने भएका छन् । यसैगरी, स्टील व्यवसायीहरु रञ्जित खनालले १० हजार, कृष्ण चौहान र उपेन थापाले १० हजार, समिल राई, सोनु रिमाल, गोपाल सिटौला, बद्री रिजाल, सम्राट आल्मुनियम, राजु राजवंशी, अञ्जन पोर्तेल, , शिव दर्नालले जनही ५ हजारका दारले आर्थिक सहयोग गरेका छन् । यसैगरी, एस आल्मुनियम र पल्वन चौहानले जनही ३ हजार ५ सय, नरेन्द्र सिटौला र तेज स्रग्रौलाले जनही ३ हजार, दिपक प्रसाईले २ हजार, राजन तामाङ १ हजार, खगेन्द्र काष्ठ फर्निचरबाट २ हजार सहयोग गरेका छन् । साथै अन्य रकम पनि संकलन गरिरहेका र चाँडै बच्चाको नाममा बैंकमा राख्ने उनीहरुले बताएका छन् । साथै स्थानीय युवा टिका थापा, विश्वास मगर, विशु मगरलागयतको टोलीले पनि अजयको परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्यका साथ रकम संकलन गरिरहेका छन् ।
    लामो समयदेखि हेड मिस्त्रीको काम गर्दै आएका उनी त्यस दिन पनि विर्तामोडमा काम गरेर आएका थिए । उनकी श्रीमती कसिस राई र एक छोरा सौरभ राई छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…