• काठमाडौं : प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् ।

    सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको भन्दै ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन पनि आग्रह गरे ।

    नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने  बंगालबाट पानीजहाज यही वर्षभित्र सुरु भए अनौठो मान्नुपर्दैन  आलोचकलाई उद्घाटनमा सँगै लैजानेछु ।

    जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि उनले बताए आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए ।

    असाधारण प्रतिबद्धतासाथ बजेट आएको भन्दै ओलीले यसको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ ।

    यो बजेट हावादारी हो भन्ने पनि सुनियो  प्रधानमन्त्री ओलीले भने  यो बजेटलाई हावादारी भन्नु सबैभन्दा हावादारी हो विकासमा पछि परेको समुदाय, क्षेत्रको युगान्तकारी परिवर्तन गर्ने विषय बजेटमा आएको उनको दाबी छ ।

    पूर्व–पश्चिम उत्तरदक्षिण  वीरगन्ज–काठमाडौं रेल बनाउने कुरालाई सामान्य अर्थमा लिन नहुने ओलीले बताए ।

    रेल बनाउने कुरा एउटा मान्छे ट्रेकिङमा हिँडेको जस्तो होइन उनले भने । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका क्रममा बनाइएको साझा घोषणापत्रअनुसार बजेट आएको उनको भनाइ छ ।

    मैले त्यतिबेलै भनेको थिएँ यो नेपाल बनाउने घोषणापत्र हो भनेर  उनले भने समय गुजार्ने र अल्मलिएर बस्ने बेला होइन । तपाईं जनताले छानेर पठाएको सरकार दिशाहीन वा अलमल हुँदैन ।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…