• चारआली । चारआली जेसीजको आयोजनामा भोलिदेखि दुई दिवसीय जेसीआई कर्पोरेट फुटसल कप २०१८ हुने भएको छ ।
    बुधबार बिर्तामोडस्थित अब्सुलेट फुटसलको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ १८ र १९ गते हुने जनाइएको छ ।

    प्रतियोगिताको समूह ‘ए’ मा सानिमा बैंक, बिर्ता सिटी हस्पिटल, एक्सेल डेभलपमेन्ट बैंक, एनआईसी एसिया तथा समूह ‘बी’ मा बिएण्डसी टिचिङ हस्पिटल, कन्काई हस्पिटल, एभरेष्ट बैंक लि।, ग्लोबल आईएमई टिम रहेको चारआली जेसीजका अध्यक्ष रोहित दाहालले जानकारी दिए । पाँच जना खेलिने खेलमा १० जनाको सहभागिता रहनेछ ।

    लिग चरणमा खेलिने प्रतियोगितामा समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेतासँग सामना गर्नेछन् तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिष्पर्धा गर्नेछन् ।

    रेड बुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको नेपाल आइस सहप्रायोजक रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले २५ हजार रुपैयाँ, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् ।

    पत्रकार सम्मेलनमा कार्यकारिणी उपाध्यक्ष बिर बहादुर बेघा बिरु, कानुनी सल्लाहकार उत्तम पकुवाल, महासचिव सन्तोष न्यौपाने, पूर्व अध्यक्ष राजेश गिरीलगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…