• देबु बानियाँ
    बाहुनडाँगी । गोलरक्षक सञ्जय गुरुङको उत्कृष्ट प्रदर्शनसँगै शनिश्चरे युथ क्लब बिहिवारबाट बाहुनडाँगीमा सुरु भएको फन्दासिंह पाण्डे स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
    बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुनडाँगी जेसीजको सहआयोजनामा सरस्वती माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू स्टार फुटबल क्लब खोपबाडीलाई सडनडेथमा हराउँदै शनिश्चरेले सेमीफाइनलको यात्रा तय गरेको हो ।
    निर्धारित ७० मिनेटको समयमा १–१ को बराबरी भएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडनडेथका आधारमा शनिश्चरेले बाजी मारेको हो ।
    टाइब्रेकरमा शचिश्चरेका प्रमोद चौधरी, देवेन्द्र तामाङ, अजय दनुवार, रजिन माझी, पेमा तामाङ र सरोज कार्कीले गोल गरेका थिए । नानी मादेन र विकास राईको बल गोलपोष्ट भन्दा बाहिर गएको थियो । न्यू स्टारकातर्फबाट सनम राई, उसप ताजपुरिया, रोशन भुजेल र दिपेन लिम्बूले गोल गरे । रोेमन भुजेल, सुनिल खड्गी र निशान लिम्बूले प्रहार गरेको बल शनिश्चरेका गोलरक्षक सञ्जय गुरुङले बचाएका थिए ।
    खेलको २२ औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै लिएको अग्रतालाई बचाउन नसक्दा न्यूस्टार खेलबाट बाहिरिनु परेको हो ।
    शनिश्चरेले आफुले गोल खाएको ७ मिनेट बित्न नपाउँदै खेलको २९ औँ मिनेटमा अजय दनुवारले गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।
    वान भर्सेस वानको रणनीतिमा उत्रिएका दुवै टिमले पाएको थुप्रै अवसरहरुले गोलपोष्टको दिशा लिन सकेन । खेल अवधीभर दुवै टिमले आक्रमक खेल प्रदर्शन गरेका थिए ।
    खेलको म्यान अफ द म्याच शनिश्चरेका गोलरक्षक सञ्जय गुरुङ भए । उनलाई सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठले सौजन्य गरेको नगद दुई हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो । शुक्रवारको खेल आयोजक बाहुनडाँगी फुटबल क्लब र विर्तामोड युनाइटेडबिच हुने प्रचार संयोजक सागर कार्कीले बताए ।

    आयोजक क्लबका अध्यक्ष पोशक दर्जीको सभापतित्व तथा मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशेष अतिथि जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, महासचिव सुन्दर बस्नेत, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्की, सरस्वती माविका प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अध्यक्ष अनुप कार्की, फन्दासिंह पाण्डेका परिवारहरु श्रीमती शारदा पाण्डे, दमयन्ता पाण्डे र छोरा दिप पाण्डे, नव ज्योति निमाविका प्रधानाध्यापक सोम आचार्य, बाहुनडाँगी खानेपानीका अध्यक्ष दीपक बराल, भृकुटी सामुदायिक अध्ययन केन्द्रका सचिव अर्जुन कार्की, बाहुनडाँगी सामुदायिक भवनका अध्यक्ष सनतकुमार अधिकारी, जिल्ला फुटबल संघका सदस्य कर्णबहादुर थापा, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतलगायतको सहभागिता रहेको थियो ।
    सहआयोक बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन दर्जीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विक्रम थापाले गरेका थिए ।
    २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका बिजेता टिमले नगद ६१ हजार र उपविजेताले ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने क्लबकी कोषाध्यक्ष गीता आचार्यले बताइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…