उर्लाबारी, १७ जेठ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नं.७ ले बुधबार स्थानीय देवीस्थान दुर्गा मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उर्लाबारी–५ स्कुलडाँडास्थित अरनिको अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका वडा नं.७ ले सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नगरपालिकाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो स्वास्थ्य शिविर आयोजना गरिएको हो । सो स्वास्थ्य शिविरको उर्लाबारी–७ का वडाध्यक्ष बिरबल थापाले उद्घाटन गर्नुभयो । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुति रोग र महिलाहरुको पाठेघरको मुखको क्यान्सर भीआईए परीक्षण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।