मोरङ पथरी शनिश्चरे वडा नं. ५ हसन्दहमा वडा बालक्लव संजाल गठन गरिएको छ । वडा नं. ५ र ६ को संयुक्त वडा हलमा हिजो आम बालभेलाले प्रकृति थापाको अध्यक्षतामा ९ सदसीय कार्यसमितिको चयन गरेको हो । कार्यसमितिमा कुल बहादुर राजवंशी उपाध्यक्ष, सुजन मोते सचिव, अनिशा साहु सहसचिव, सुसन खत्री कोषाध्यक्ष, योगराज भट्टराई, इसा धिमाल, निशा खड्का र चेतन अधिकारी सदस्य रहेका छन् । साविकमा हसन्दह गाविस रहँदाको हसन्दह बालक्लव संजालको कार्यसमितिलाई विघटन गरी वडा बालक्लव संजालको गठन भएको हो ।
कार्यक्रमको आयोजना वडा बालसंरक्षण समितिले गरेको हो । यस वडामा बालसंरक्षण समिति र बालक्लवको संयुक्त आयोजनामा बाल विवाह तथा लागू पदार्थ दुव्र्यसनि विरुद्ध विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन भइरहेका छन् । बालमैत्री स्थानिय शासन लागू गर्नका लागि पनि कार्यक्रमहरु संचालन गर्ने तयारी भइरहेको यस वडामा फरेन विराटनगरले सहजीकरण गरिरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं. ५ का वडा अध्यक्ष जोग बहादुर धिमालले बाल क्लवले गर्ने हरेक काममा वडाले सहयोग पु¥याउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा वडा नं. ५ का वडा सदस्य चेतन खड्का, उमेश बस्नेत, फरेन विराटनगरका सहजकर्ता अर्जुन बास्तोला, वडा नं. ६ की वडा सचिव मिना कुमारी वर्मा, नेपाल रेडक्रस सोसाइटी हसन्दहका सभापति भोलानाथ घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बालसंरक्षण समिति अध्यक्ष महेश थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन दिपेश प्रसाईले गर्नुभएको थियो ।