• साढे ३३ किलो सुन गायब प्रकरण र विमानस्थलबाट हुने सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीबीच एकआपसमा पोलापोल मात्रै हुनुले अनुसन्धान दायरा खुुम्चिने संकेत देखिएको छ। तथ्यपरकको सट्टा परम्परागत शैलीको अनुसन्धान भइरहेका कारण अनुसन्धानको दायरा खुम्चिने सम्भावना बढ्दै गएको तर्क पूर्व सुरक्षा अधिकारी तथा अनुसन्धानका अनुभवीहरुको छ।

    मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’ले एसएसपी श्याम खत्रीलाई पोलेका थिए। खत्रीले गोरे र पूर्वडीआईजी गोविन्द निरौलालाई पोलेका छन्। उनले समितिलाई दिएको बयान र जिल्ला अदालत मोरङमा दिएको बयान फरक देखिएको छ। पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘स्वतन्त्र छानविन गर्न जाँचबुझ आयोग गठन नगर्दासम्म ठूला घटनाको अनुसन्धानले पूर्णता पाउँदैन। अनुसन्धान गर्न दक्षता र क्षमता भएका व्यक्तिसहितको आयोग गठन हुनुपर्छ।’

    अनुसन्धानले थुप्रै तथ्यांक बाहिर ल्याएको भए पनि त्यो तथ्यांकलाई पुष्टि गर्न अनुसन्धान विगततिर छिनुपर्ने विश्लेषण भण्डारीको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…