• सुरेश अधिकारी, लेटाङ । By:ratokalam

    भौगोलिक रुपले सबैभन्दा बिकट रहेको मोरङको लेटाङ नगरपालिकालाई अघिल्लो बर्षहरुमा झै आर्थिक बर्ष २०७५र०७६ को बजेटमा पनि अन्य स्थानिय तहहरुमा भन्दा कम बजेट बिनियोजन भएको छ । मोरङको दोस्रो ठुलो क्षेत्रफल ओगटेको लेटाङ नगरपालिकालाई मोरङका केही गाँउपालिकालाई भन्दा पनि कम बजेट बिनियोजन भएपछि समृद्ध लेटाङ बनाउने नगरपालिकाको योजना अलपत्र पर्न सक्ने सरोकारबालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७५र०७६ को बजेटमा लेटाङ नगरपालिकालाई २३ करोड ७१ लख रुपैया मात्रै बिनियोजन गरिएको छ ।

    अघिल्लो आर्थिक बर्षमा बित्तिय समानीकरण अनुदान शिर्षकमा बजेट रु।१८ करोड ९५ लाख ९९ हजार र सशर्त रु। ९ करोड ४ लाख २९ हजार गरी जम्मा २ करोड ० लाख २ हजार रुपैया सरकारी बजेट बिनियोजन भएको थियो । तर यस बर्ष सरकारले बित्तिय समानीकरण अनुदान शिर्षक अन्तरर्गत रु। १० करोड ७३ लाख र ससर्त अनुदान शिर्षकमा १२ करोड ९८ लाख गरी रु। २३ करोड ७१ लाख रुपैया मात्रै बिनियोजन गरेको छ । यस आर्थिक बर्षको बजेट अघिल्लो पटकको भन्दा ५ करोड ९ लाख २८ हजार रुपैयाले कम हो ।

    अघिल्लो बर्ष पनि छिमेकी स्थानिय तहहरुमा भन्दा कम बजेट बिनियोजन गरेको लेटाङ नगरपालिकालाई यस बर्ष पनि मोरङका अन्य नगरपालिकाभन्दा कम बजेट बिनियोजन भएपछि नगर क्षेत्रमा सर्बत्र चासोको बिषय बनेको छ । मोरङको ८ बटा नगरपालिकाहरु मध्ये सबैभन्दा कम बजेट बिनियोजन भएको लेटाङ नगरपालिकाको बजेट मोरङका धनपालथान गाउँपालिका , बुढीगंगा गाँउपालिका र ग्रामथान गाँउपालिकाहरुलाई बिनियोेजन गरिएको बजेट भन्दा पनि कम रहेको छ । नगरपालिकाहरु मध्ये सुन्दरहरैचा नगरपालिकालाई ४१ करोड ५२ लाख बिनियोजन भएको छ भने लेटाङ नगरपालिकालाई भन्दा केही माथिल्लो बजेट सुनबर्षी नगरपालिकाको २८ करोड ४७ लाख रहेको छ ।

    अन्य ५ बटा नगरपालिकाहरुलाई पनि ३२ करोडभन्दा बढी बजेट बिनियोजन भएको अबस्थामा पनि लेटाङको बजेट गाउँपालिकाहरुको भन्दा कम हुन गएको हो । ३ बटा गाँउपालिकाहरुमध्ये धनपालथान गाउँपालिकालाई २४ करोड ७३ लाख , बुढीगंगा गाँउपालिकालाई २४ करोड ८१ लाख र ग्रामथान गाँउपालिकालाई २५ करोड १२ लाख बिनियोजन भएको छ भने लेटाङ नगरपालिकाको बजेट कै हाराहारिमा अन्य ५ बटा गाँउपालिकाहरुलाई पनि बजेट बिनियोजन भएको छ ।

    मोरङकै दोस्रो ठुलो क्षेत्रफल रहेको लेटाङ नगरपालिकालाई गाँउपालिकाहरुको भन्दा पनि कम बजेट बिनियोजन हुनु दुखद् भएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताए । भौगोलिक अबस्था हेरेर बजेट बिनियोजन हुनुपर्ने बताउदै मेयर राईले मोरङको कर्णाली क्षेत्रको रुपमा रहेको लेटाङलाई अन्य नगरपालिकाको तुलनामा ज्यादै नै थोरै बजेट बिनियोजन हुनु आश्चर्यको बिषय रहेको बताए । नगरपालिकाको बिनियोजित बजेटबारे उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष मित्र प्रसाद बिमलीले खोलानालाले घेरिएको क्षेत्रलाई कम बजेट पर्दा ब्यापार ब्यवसायमा ठुलो असर पर्ने बताए ।

    बढ्दो ब्यापार घाटामा सरकारी अनुदान कम आउनुले नगरपालिका क्षेत्रका सबै ब्यापारी बर्गमा निराशा छाएको बताउदै अध्यक्ष बिमलीले जनताबाट उठेको करबाट मात्रै नगरपालिका चल्न नसक्ने भएकाले बजेटबारे पुर्नबिचारको लागि पहँल थाल्नुपर्ने बताए । बजेट घट्नुको कारणबारे लेटाङ ९ का स्थानियबासी तथा प्रदेश नम्बर १ का माननिय सांसद उपेन्द्र घिमिरेसंग बुझ्दा उनले मोरङका सबै स्थानिय तहको बजेट घटेकोले लेटाङको बजेटलार्ई स्बभाबिक रुपमा लिनुपर्ने बताए । ‘तुलनात्मक रुपमा अन्य नगरपालिकाको बजेट भन्दा कम बजेट लेटाङलाई बिनियोजना भएको हो, बजेट घट्नुको कारणबारे बुझेर बृद्धिको लागि पहल थाल्नेछु’ सांसद घिमिरेले बताए ।

    मोरङका अन्य नगरपालिकाको तुलनामा कम बजेट पर्नुबारे मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद घनश्याम खतिबडाले यसपटकको बजेट स्थानिय तहको जनसंख्याको आधारमा बाडँफाँड गरीएकोले अन्य तहको भन्दा कम जनसंख्या भएको कारण लेटाङको बजेट कम हुन गएकोे बताए ।

    राज्यको ढिकुटीमा बजेट कम भएको कारणले स्थानिय तहहरुमा बजेट घटेको बताउदै सांसद खतिवडाले पारदर्शी रुपमा काम गरे थोरै बजेटबाट पनि देखिने किसिमको काम गर्न सकिने भएकोले सरकारले भ्रष्टचाररहित स्थानिय तहको सपना देखेको बताए । उनले मोरङ क्षेत्र नम्बर १ मोरङ नै सबैभन्दा बिकट र भौगोलिक रुपमा कम बिकसित भएको तर जनसंख्याको आधारमा बजेट बिनियोजन भएकोले जनताहरुमा निरासा छाएको स्बिकार्दै आवश्यक पहल गर्ने बताए । लेटाङ क्षेत्रका सामाजिक संजाल प्रयोग कर्ताहरुले यस क्षेत्रका जनप्रतिनिधिहरुले बजेटबारे पर्याप्त पहल नगरेको कारण बजेट घटेको भन्दै आक्रोस पोखिरहेका छन् ।

    मोरङकै दोस्रो ठुलो क्षेत्रफल रहेको लेटाङ नगरपालिकालाई गाँउपालिकाहरुको भन्दा पनि कम बजेट बिनियोजन हुनु दुखद् भएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताए । भौगोलिक अबस्था हेरेर बजेट बिनियोजन हुनुपर्ने बताउदै मेयर राईले मोरङको कर्णाली क्षेत्रको रुपमा रहेको लेटाङलाई अन्य नगरपालिकाको तुलनामा ज्यादै नै थोरै बजेट बिनियोजन हुनु आश्चर्यको बिषय रहेको बताए ।

    नगरपालिकाको बिनियोजित बजेटबारे उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष मित्र प्रसाद बिमलीले खोलानालाले घेरिएको क्षेत्रलाई कम बजेट पर्दा ब्यापार ब्यवसायमा ठुलो असर पर्ने बताए । बढ्दो ब्यापार घाटामा सरकारी अनुदान कम आउनुले नगरपालिका क्षेत्रका सबै ब्यापारी बर्गमा निराशा छाएको बताउदै अध्यक्ष बिमलीले जनताबाट उठेको करबाट मात्रै नगरपालिका चल्न नसक्ने भएकाले बजेटबारे पुर्नबिचारको लागि पहँल थाल्नुपर्ने बताए । बजेट घट्नुको कारणबारे लेटाङ ९ का स्थानियबासी तथा प्रदेश नम्बर १ का माननिय सांसद उपेन्द्र घिमिरेसंग बुझ्दा उनले मोरङका सबै स्थानिय तहको बजेट घटेकोले लेटाङको बजेटलार्ई स्बभाबिक रुपमा लिनुपर्ने बताए ।

    ‘तुलनात्मक रुपमा अन्य नगरपालिकाको बजेट भन्दा कम बजेट लेटाङलाई बिनियोजना भएको हो, बजेट घट्नुको कारणबारे बुझेर बृद्धिको लागि पहल थाल्नेछु’ सांसद घिमिरेले बताए । मोरङका अन्य नगरपालिकाको तुलनामा कम बजेट पर्नुबारे मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद घनश्याम खतिबडाले यसपटकको बजेट स्थानिय तहको जनसंख्याको आधारमा बाडँफाँड गरीएकोले अन्य तहको भन्दा कम जनसंख्या भएको कारण लेटाङको बजेट कम हुन गएकोे बताए ।

    राज्यको ढिकुटीमा बजेट कम भएको कारणले स्थानिय तहहरुमा बजेट घटेको बताउदै सांसद खतिबडाले पारदर्शी रुपमा काम गरे थोरै बजेटबाट पनि देखिने किसिमको काम गर्न सकिने भएकोले सरकारले भ्रष्टचार रहित स्थानिय तहको सपना देखेको बताए । उनले मोरङ क्षेत्र नम्बर १ मोरङ नै सबैभन्दा बिकट र भौगोलिक रुपमा कम बिकसित भएको तर जनसंख्याको आधारमा बजेट बिनियोजन भएकोले जनताहरुमा निरासा छाएको स्बिकार्दै आबश्यक पहल गर्ने बताए । लेटाङ क्षेत्रका सामाजिक संजाल प्रयोग कर्ताहरुले यस क्षेत्रका जनप्रतिनिधिहरुले बजेटबारे पर्याप्त पहल नगरेको कारण बजेट घटेको भन्दै आक्रोस पोखिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…