• जेठ १७ विहिबार ,दुलेगौँडा। शुक्लागण्डकी वडा नं (७,शेराटारमा गत जेठ ७ गते देशि शुरु भएको १० दिने क्षमता विकास तालिम विहिबार सम्पन्न भएको छ ।आदिवासी जनजाति  लक्षित कार्यक्रम अन्र्तगत शुक्लागण्डकी वडा नं (७ कोे आयोजना र आदिवासी जनजाति महासंघ शुक्लागण्डकी वडा समन्वय समितिको समन्वयमा तालिम संचालन गरिएको हो ।
    उक्त तालिमको समापन गर्दै आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीका संयोजक खिम बहादुर कुमालले तालिममा सिकेको ज्ञान र क्षमतालाई व्यवहारमा उतार्नु पर्ने बताए । उनले भने(ूतालिमले तपाईहरुलाई बाटो देखाउने मात्र काम गरेको छ ,त्यो बाटोमा तपाईहरु आफै हिड्नु पर्छ ।ू 
    संयोजक कुमालले हाँसिल गरेको ज्ञानलाई जीवन्त राख्न अभ्यास गरिरहनु पर्ने बताए । उनले निरन्तर अभ्यासका लागि विभिन्न संघसंस्थाको कार्यसमिति भित्र रहदै भविष्यमा वडाको प्रतिनिधि बन्ने लक्ष्य लिनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा वडा अध्यक्ष राम बहादुर क्षेत्री थापाले तालिमबाट महिलाहरुमा ठुलो परिवर्तन आएको बताए । उनले आगामी दिनमा पनि आदिवासी जनजातिको आर्थिक तथा व्यक्तित्व विकासका लागि थप नयाँ कार्यक्रम पनि ल्याउने बताएका थिए ।

    कार्यक्रममा वडा सदस्यद्धय गिर बहादुर थापा , किसान गुरुङ ,आदिवासी जनजाती महाँसघ जिल्ला समन्वय परिषद् तनहुँका उपाध्यक्ष सुजित हिराचन ,क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर थापा ,नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय समितिका अध्यक्ष विमल जि।सी। ,आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीकी कोषाध्यक्ष तुलसी कुमारी श्रेष्ठ ,ढोरबाराही एफएमका स्टेशन म्यानेजर तथा प्रशिक्षक राज कुमार आले लगायतले तालिमबाट सिकेको सीप तथा ज्ञानलाई निरन्तर अभ्यास गर्दै निखार्न प्रशिक्षर्थीहरुलाई सुझाव दिए ।

    कार्यक्रममा १० दिने तालिमको अनुभव सुनाउँदै प्रशिक्षर्थीहरुले तालिमबाट बोल्ने तरिका जानेको भन्दै सभा समारोहमा बोल्न सक्ने आँट साहस बढेको बताए ।साथै आगामी दिनमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै लैजाने पनि प्रतिवद्धता जनाए ।

    जेठ ७गते देखि १७ गते सम्म संचालित तालिममा संचारकर्मी सृजना राना र राज कुमार आलेले प्रशिक्षण दिएका थिए ।
    ४५ जना सहभागी तालिममा सहभागी प्रशिक्षार्थीहरुले नृत्य ,गायन प्रस्तुती ,कविता र अनुभवको मन्तव्य सहित पपालोपालो कार्यक्रम संचालन गरेका थिए । उक्त तालिम संचालनका लागि नगरपालिकाले १ लाख बजेट विनियोजन गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…