• काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं उपस्थित भएका एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण शर्माले खत्रीलाई पूर्पक्षमा राख्न आदेश दिएका हुन् । सुन गायब र सनम हत्यासँग जोडिएका खत्री फरार रहेका थिए ।

    गत माघ ९ गते यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन हराएपछि मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ को समूहले सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । यो प्रकरणमा हालसम्म उच्च प्रहरी अधिकारी र  गोरेसहित यसअघि २९ जना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् । यसअघि पक्राउ परेका गोरेले सुन तस्करीमा उच्च प्रहरी अधिकारीको सेटिङबारे सबै कुरा एसएसपी श्याम खत्रीलाई थाहा भएको बताएका थिए ।

    व्यापक खोजी भइरहेका एसएसपी श्याम खत्री बिहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन् । यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी श्याम खत्री, सुन लगानीकर्ता एमके अग्रवाल र गोरेका भाइ रमेश उप्रेतीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

    ad
    ad

    सुन काण्ड चर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खत्रीले गत चैत १३ गतेदेखि वैशाख ११ गतेसम्मको बिदा लिएका थिए । खत्री वैशाख १२ गते हाजिर हुनुपर्ने हो । बिदा लिएयता एसएसपी खत्री सम्र्पकविहीन भएका थिए ।

    खत्रीको खोजीका लागि प्रहरीको विशेष ब्यूरो र सीआईबीको टोली खटिएको थियो । खत्री यसअघि २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बरामद गरेको सुन काण्डमा पनि पक्राउ परेका थिए । पछि उनको निलम्बन फुकुवा भएको थियो । त्यतिबेला पनि नेपाल आएको साढे ३३ किलो सुन गोरेकै भएको अनुसन्धानबाट खुलेको भए पनि उनको वास्तविक नाम र ठेगाना पत्ता लगाउन नसक्दा उनलाई फरार अभियुक्त तोकिएको थिएन ।

    यसैबीच, खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बयान दिएका थिए ।

    खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बयानमा उल्लेख गरेका छन् ।

    बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई थाहा भएको बयान दिएका थिए । गोरेले बयानका क्रममा खत्रीले सुन छुटाएबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…