• उर्लाबारी जेठ १८ । उर्लाबारी ९ स्थित सार्जजनिक माविमा शुक्रवार वालकक्षामा अध्ययनरत विद्यार्थीका लागि खाजा वापतको रकम हस्तान्तरण गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा प्राप्त १९ हजार ७ सय रुपैंया २६ जना विद्यार्थीलाई नगद ५ सयका दरले वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ९ का वडा अध्यक्ष बम फ्याक र विशिष्ट अथिती वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीले विद्यार्थीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा २०७४ सालको एसईई परिक्षामा सम्मेलित २० जना विद्यार्थीलाई विद्यालयले उज्वल भबिष्यको कामना सहित विदाई गरेको छ ।

    उनीहरुलाई कार्यक्रमका अतिथीहरु वडा सदस्य कुलबहादुर कार्की,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ओमप्रकाश उप्रेती लगायतले उनीहरुलाई अबिर लगाएर विदाई गरे । विद्यायलका प्रधानाध्यापक टंक दुलालले विद्यालयका अबस्था एकमदै नाजुक रहेको बताउदैं देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुलाई सहयोग गर्न आग्रह गरे । उनले भने,हामीले विद्यालयको पढाई निक्कै माथि उठाएका छौं, निजी विद्यालय जस्तै पठन पाठन भईरहेको छ । तर भौतिक पूर्वाधारको विकासमा समस्या छ ।


    विद्यालयका अध्यक्ष कुरुराज आङबुहाङको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक दाताराम रिजाललको सन्चालन तथा गणेशप्रसाद उप्रेतीको स्वागत रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु नृत्य तथा गीत गाएर सुनाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…