• पाल्पा। पाल्पाको हुमिनमा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समूहलाई रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणका लागि लिएर हिँडेको लु २ ख ९७५ नम्बरको वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको र ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    मृत्युु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशीलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ३ का बसन्ती खाँण, तानसेन ६ का गीता बुढाथोकी, तानसेन ३ कमला कार्की रहेका छन् ।

    मृतक एक जना महिलाको नाम खुल्न सकेको छैन । मृतक मध्ये कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना स्थलवाट उपचारका लागी युइनाईटेड मिसन अस्पतालमा ल्याईएका घाईतेहरु मध्य एक जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तानसेन ६ का सचिन बज्रार्चाय रहेको मिसन प्रहरीको भनाई छ ।

    दुर्घटनामा परी घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्यको तानसेन मिसन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाइते मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…