• काठमाडौं। प्रधानमन्त्री केपी ओलीले चौथो पटक सरकार विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार संघीय समाजवादी फोरमबाट दुई जनालाई सरकारमा सहभागी गराउँदै चौथो पटक सरकार विस्तार  गरेका हुन्।

    प्रधानमन्त्री ओलीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्थास्थ्य मन्त्री र मोहमम्द इस्तियाक राईलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।

    प्रधानमन्त्री कार्यालयले थपिएका मन्त्रीकाे सपथका लागि राष्ट्रपति कार्यलयलाई तयारी गर्न पत्राचार गरिसकेको बताइएको छ। गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए।

    राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी हुन्।
    नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै अाएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…