• बाहुनडाँगी । बिहिबारबाट सुरु भएको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा आयोजक बाहुनडाँगी युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
    सरस्वती माविको खेल मैदानमा भएको प्रतियोगिताको शुक्रवार भएको खेलमा विर्तामोड युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै आयोजक सेमीफाइनलको यात्रालाई तय गरेको हो ।
    खेलको २ मिनेटमै गोल गर्दै अग्रता लिएको आयोजकले सहज जित निकाल्न सफल भएको थियो । खेलको दोस्रो मिनेटमा पुजन राईले गोल गरेको थिए । यसैगरी खेलको ३७ औँ मिनेटमा रोशन आचार्यले अर्काे गोल गर्दै खेललाई २–० को अन्तर बनाएका थिए । खेल अवधीभर आयोजकले खेललाई आफ्नो कब्जामा राखेको थियो । विर्तामोडले पाएको अवसरलाई सदुपयोग गर्न सकेको थिएन । खेलको म्यान अफ द म्याच विजेता टिमका रोशन आचार्य भए । उनलाई श्याम सुवेदीले प्रायोजन गरेको नगद २ हजार प्रदान गरिएको थियो ।
    शनिवारको खेल मुनाल क्लब चन्द्रगढी र एपीएफ पाडाजुंगीबिच हुने प्रचारप्रसार संयोजक सागर कार्कीले बताए । प्रतियोगिताको सह आयोजकका रुपमा बाहुनडाँगी जेसीज रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…