• उर्लाबारी, १८ जेठ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले वन पैदावरको सदुपयोग गर्न सके राष्ट्रको अर्थतन्त्र मजबुत हुने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको २३ औं स्थापना दिवसको अवसरमा आज बेतीनी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा फागोले सो कुरा बताउनुभएको हो । जंगलमा खेर गइरहेको काठपात र दाउरा बिक्री गरेमा राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई थियो । ‘हरियो बन नेपालको धन’ भनिएपनि बार्षिक चार खरब बढी काठ विदेशबाट आयात गर्नुपरिरहेको उल्लेख गर्दै फागोले वन संरक्षणका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

    पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निबार्ह गर्ने वनको संरक्षणबाट सम्पूर्ण प्राणीलाई जीउन सजिलो हुने उहाँले बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नीप्रसाद पौडेलले साझेदारी वनको अन्त्य गरी वैज्ञानिक वन प्रणालीलाई जोड दिनुपर्ने बताउनुभयो । साझेदारी वन जनताको अहितमा रहेको बताउँदै पौडेलले जिल्लाको एक सय ३० वटा वनलाई सरकारले समुदायमा हस्तान्तरण गरेको जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ उर्लाबारीका अध्यक्ष अमृतबहादुर बस्नेतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…