• विराटनगर । ३८ सय किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टिकरण सोध्ने भएको छ ।
    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई गठन भएको नेकपाको विराटनगरमा बिहीबार बसेको १ नंं. प्रदेश संसदीय दलको पहिलो बैठकले अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
    तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भइ मोरङ क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित सांसद अधिकारीले पदीय मर्यादा र आचारणको उल्लंघन गर्दै सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तको पक्षमा जिल्ला अदालत मोरङमा बहस गरेका थिए । उनले सुन तस्करी र हत्या प्रकरणमा प्रत्यक्ष रुपमा जोडिएका निलम्बन सही बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बचाउन पूर्ण बहस गरेपछि उनी विवादित बनेका थिए ।
    संसदमा सुन तस्कर र सनम हत्याका अभियुक्तमाथि कडा कार्वाही हुनुपर्ने आवाज उठिरहेको बेला अधिकारीले ‘व्यवसायिक काम’ भन्दै अभियुक्तको पक्षमा बहस गरेपछि सो विषय विवादित बनेको हो ।
    अधिकारी नेतृत्वकै समितिले निर्माण गरी प्रदेशसभाबाट पारित भएको प्रदेशसभा नियमावलीको समेत उल्लंघन गर्दै उनले गम्भीर अपराधमा मुछिएका अभियुक्तको पक्षमा बहस गरेको भन्दै नेकपाका सांसदहरुले चर्को आलोचना गरेका थिए ।
    पार्टी एकीकरणपछि बसेको पहिलो संसदीय दलको बैठकमा सांसदहरु कुलप्रसाद साम्बा, लक्ष्मण तिवारीलगायतले पदीय मर्यादा र आचरण विपरित सांसद अधिकारीले अभियुक्तको पक्षमा बहस गरेको भन्दै यसलाई स्पष्ट गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागमा सबै सांसदले ताली बजाएर समर्थन गरेपछि बैठकले अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको बताइएको छ । तर, पहिलो पठक बसेको संसदीय दलको पहिलो बैठकमा सांसद अधिकारी भने उपस्थित थिएनन् ।
    सांसदहरुले कुरा उठाएपछि प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले विषय गम्भिर र संवेदनशील रहेको बताएका थिए । ‘यो विषय अत्यन्तै गम्भिर छ, मैले उहाँसँग व्यक्तिगत ढंगले पनि सोधेको छु,’ राईले बैठक भनेको कुरा उदृध गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘लिलाबल्लभ जीको विषयमा स्पष्टिकरण सोध्नु आवश्यक छ ।’ मुख्यमन्त्रीको मन्तव्य पछि अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको बताइएको छ ।
    गम्भीर अपराधका अभियुक्तको पक्षमा बहस गरेको कारण अधिकारीप्रति प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु र नेकपाकै कार्यकर्ताहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् । कतिपय सांसद र कार्यकर्ताहरुले उनलाई कार्वाही गर्नुपर्ने आवाजसमेत उठाइरहेको बेला संसदीय दलले स्पष्टिकरण सोधेको हो । यसअघि आफ्नो कामलाई व्यवसायिक धर्म भन्दै बचाउँ गर्दै आएका सांसद अधिकारीले मिडियाले सो प्रकरणमा आफ्नो ढाड खुस्कनेगरी प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…