• झापा । एक नम्बर प्रदेशस्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन झापाली खेल टोली शुक्रबार विराटनगर प्रस्थान गरेको छ ।
    जिल्लास्तरीय प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी शुभकामनासहित विदाई गरेको हो ।
    काँकरभिट्टामा आयोजित शुभकामना तथा विदाई कार्यक्रममा प्रमुख अतिथि झापा बक्सिङ संघका उपाध्यक्ष राजकुमार राईले खेलाडीहरुलाई शान्तपूर्वक, जोस लिएर सावधानीका साथ प्रतिष्पर्धा गर्न शुभकामना दिए ।
    यसअघिका अधिकांस प्रतियोगितामा च्याम्पियन बन्दै आएको झापाको विरासतलाई कायम राख्न उच्च मनोबलका साथ कला कौशल प्रस्तुत गर्न खेलाडीहरुलाई उनले सुझाव दिए ।
    कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराई, सशस्त्र प्रहरी बल काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावल, अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज नारायण आचार्य, मेची भन्सार कार्यालयका अधिकृत रमेश खतिवडा, किरण शर्मा, जिल्ला खेलकुद विकास समिति सदस्य ज्ञानेन्द्र राई, पूर्ण सिटौला, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेती, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक विजय न्यौपाने, तेक्वान्दो संघ झापा अध्यक्ष प्रदीप श्रेष्ठलगायतले खेलाडीहरुलाई खादा र अविर पहिर्याएर विदाई गरेका थिए ।
    त्यसक्रममा जिल्ला खेलकुद विकास समितिले खेलाडीका लागि सञ्चालन गर्दै आएको बन्द प्रशिक्षण शिविरमा महत्वपूर्ण सहयोग पुर्याए बापत प्रमुख अतिथि समेत रहेका बक्सिङका पूर्व खेलाडी राजकुमार राई र एथ्लेटिक्स सहायक प्रशिक्षक नर्वदा विष्टलाई सम्मान गरिएको थियो ।
    जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले गरेका थिए ।
    समितिका कार्यालय प्रमुख टहलदाश मैनाली नेतृत्वको झापाली खेल टोलीमा ६ वटा खेल विधाका ६ जना प्रशिक्षक र ३६ छात्रा र ३६ छात्रा खेलाडी गरी ७९ जना सहभागी छन् ।
    टोलीमा प्रशिक्षकहरु एथ्लेटिक्सका मेनुका राउत, तेक्वान्दोका कर्ण दाहाल, करातेका बद्री विष्ट, कबड्डीका अमृत मेचे र उसुका अरुण सापकोटा छन् ।

    प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनुअघि झापाका सामुदायिक र संस्थागत गरी २ सय ८० वटा विद्यालयबाट छनोट हुँदै जिल्ला छनोट भएका खेलाडीहरुले बन्द प्रशिक्षण शिविरमा खेल अभ्यास गरेका थिए ।
    जिल्ला खेलकुद विकास समितिले गत शुक्रबारदेखि बुधबारसम्म धुलाबारी माविमा सञ्चालन गरेको साताव्यापी शिविरमा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीहरुलाई खेलका सैद्धान्तिक र व्यवहारिक विषयमा प्रशिक्षण दिइएको समितिका झापा उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त) को भनाई छ ।
    यहि शनिबार र आइतबार विराटनगरस्थित सहिद मैदान रंगशालामा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा झापाबाट छानिएका कक्षा १२ सम्म अध्ययनरत् १८ वर्षमुनीका ३६ छात्र र ३६ छात्राले प्रतिष्पर्धा गर्दैछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…