• उर्लाबारी, १८ जेठ । मोरङको उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित १५ दिने माला बनाउने तालिम आज सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा सो तालिम सञ्चालन गरिएको हो ।
    तालिम समापन कार्यक्रममा नगर प्रमुख खड्ग फागोले महिलाहरुको दक्षता अभिबृद्धिका लागि सिपमुलक तालिम सञ्चालन गरिएको बताउनुभयो । सिपमुलक तालिमले महिलाहरुलाई स्वरोजगार प्रदान गरी आयआर्जनमा बृद्धि गर्ने र त्यसपछि विदेश पलायन हुनबाट रोक्ने उहाँले बताउनुभयो । कम पारिश्रामिकका लागि विदेशिनु भन्दा सीप सिकेर स्वदेशमै आत्मनिर्भर बन्नु उपयुक्त हुने उल्लेख गर्दै फागोले महिलाहरुको सिप विकासका लागि नगरपालिकाले तालिम सञ्चालन गर्दैजाने बताउनुभयो ।
    संस्थाकी अध्यक्ष सीता कार्कीको सभापतित्व र नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यमा सो तालिम सम्पन्न भएको थियो । तालिमका प्रशिक्षार्थीहरुलाई नगर प्रमुख फागो र वडा नं।७ का वडाध्यक्ष बीरबल थापाले प्रमाणपत्र बितरण गर्नुभएको थियो । तालिममा शोभा चेम्जोङ पालुङ्वाले सहजीकरण गर्नुभएको थियो । तालिममा २५ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको संस्थाकी उपाध्यक्ष गोमा नेपालले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…