• देबु बानियाँ
    सुनवल । मानव बेचबिखनको मुख्य कारण आर्थिक अभाव र प्रलोभन भएको यहाँ आयोजित कार्यक्रममा सहभागिले बताएका छन् ।
    रामनगर जेसीजले आयोजना गरेको बाल अधिकार, मानव अधिकार एवम् मानव बेचबिखनको समस्या र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो धारणा राखेका हुन् । सहभागिले बालअधिकारको कुरा गरे पनि अझै भने जस्तो बाल अधिकार प्राप्त नभइसकेको र यसलाई पूर्ण बाल अधिकार बनाउन भाषणमा भन्दा पनि व्यवहारमा लागु गर्नु पर्ने सुझाव दिएका थिए ।
    सुनवल नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार उप क्षेत्रीय कार्यालय बुटवलका अधिकृत चन्द्रकान्त चापागाई, माइती नेपाल रुपन्देही शाखाका संयोजक माया क्षेत्री माइती र सुनवल नगरपालिकाका स्थानीय बालमैत्री साशनका सहजकर्ता रेशमराज शर्माले सहजीकरण गरेका थिए ।
    रामनगर जेसीजका वर्ष २०१८ का अध्यक्ष भोजराज चापागाईको सभापतित्व तथा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, सुनवल नगरपालिकाका प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, रामनगर जेसीजका पूर्व अध्यक्ष बलराम चापागाई, मानार्थ सदस्य सूर्यप्रसाद न्यौपाने, सुनवल जिल्ला समन्वय समितिका सदस्य उषा बन्जोडे, लक्ष्मी विक, वडा अध्यक्ष सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यामलाल पाण्डे, दुर्गा भुर्तेत, कृष्ण देवकोटा, अर्जुन सुनुवार, गौमाया गुरुङ, फणिन्द्र कुमाललगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जयराम बस्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव हिमा न्यौपानेले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…