• बाह्रदशी १८ जेठ । भगवती आधारभूत विद्यालय बाह््रदशीको ४१ औँ वार्षिकोत्सव शुक्रवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
    विद्यालयमा आयोजित वार्षिकोत्सवको अवसर पारेर विद्यालयले दुई जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा शिक्षक रामसिंह राजवंशी र इन्द्रवती राजवंशी रहेका छन् ।
    विदालय व्यवस्थापन समितिका अध्यक्ष इमाजु हुसेनको सभापतित्व तथा बाह््रदशी गाउँपालिकाका अध्यक्ष खड्गबहादुर राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाह््रदशी स्रोत केन्द्रका स्रोत व्यक्ति छवि बस्नेत, गाउँ पालिका उपाध्यक्ष रत्ना राजवंशी, वडा नम्बर २ का वडा अध्यक्ष यादव मिश्र, जग्गादाता तथा संस्थापक खड्ग राजवंशी, वडा सदस्य मीना सेन्चुरी, पूर्व प्रधानाध्यापक सोभितमान तामाङ, विद्यालयका पूर्व सदस्य भीम कार्कीलगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक गणेश गिरीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन आशाक क्षेत्री र महेशकुमार विष्टले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…