काठमाडौँ । मंगलबारको संसदमा बालकृष्ण ढुंगेललाई आम माफी दिने निर्णयको विरोधमा कांग्रेस सांसद गगन थापाले चर्को अभिव्यक्ति दिएका छन् ।
युवा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजाहरूको पथमा लाग्ने दुस्साहस गरेको भन्दै प्रधानमन्त्रीले चाहँदैमा कसैलाई माफी दिने यो राजाको शासन हो कि गणतन्त्र हो रु भन्दै प्रश्न गर्दा कांग्रेस सांसदले टेवुल ठटाएर समर्थन देखाए ।
कांग्रेस सभापति शेरवहादुर देउवा लगायतका कांग्रेस सांसदले संसदमा ढुंगेलको माफी प्रकरणप्रति विरोध जनाए ।बोल्ने क्रममा आक्रोशित बनेका गगनको माइक सभामुखले बन्द गरिदिएपछि पनि उनी बोलिरहे, कांग्रेस सांसदले टेबल ठटाइरहे ।