• राज कुमार आले

    जेठ १९ , दुलेगौँडा ।
    तनहुँको शुक्लागण्डकी ८ र ९ नं वडाभित्रका ढोरबाराही क्षेत्र ,पाखदी ,तोरीबारी ,ढिकीश्वारामा एक हप्ता देखि विद्युत सेवा अवरुद्ध भएको छ ।गत हत्ता आएको हावाहुरी र बर्षाले गर्दा बराह खोला नजिकैको पोलमा तार जलेकाले विद्युत सेवा बन्द भएको थियो ।एक हप्ता देखि लाइन नआउँदा स्थानियवासी मारमा परेका छन् । स्थानियहरुले मोबाइल चार्ज गर्न, राइस कुकर ,फ्रिज लगायतका विद्युतीय सामानहरु प्रयोग गर्न, रातमा  शौचालय जान आउन समेत समस्या भएको बताएका छन् ।आफुहरुले समस्याबारे जानकारी गराएको भए पनि सम्बन्धित निकायले ढिलासुस्ती गरेको आरोप स्थानियवासीले लगाएका छन् ।

    स्थानियवासी तथा ढोरबाराही मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले लाइन सर्ट भएकोबारे विद्युत प्राधिकरण तालचोक वितरण केन्द्र ,वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई जानकारी गराएको भएपनि आफुहरु एक हप्ता देखि अध्याँरोमै बस्नु परेको गुनासो गरे । उनले भने -" चार दिन अघि काठको पोल गलेर भाँचिने जोखिम भएपछि पोलको माग गर्न स्थानियको एक समुह डेलिगेशन पनि गएको हो । पोल पनि आएको छ तर तार जडान गर्ने काम भएको छैन । "विद्युत वितरण केन्द्रमा कुरा राख्दाँ स्थानियलाई नै उल्टै तार ल्याउ भनेर निर्देशन दियो । " तार ल्याँउने काम स्थानियको की प्राधिकरणको ? भन्दै उनले प्रतिप्रश्न गरे ।

    वडा अध्यक्ष लोक नारायण श्रेष्ठले विद्युतको माग धेरै र सिगल फेजको तार भएकाले पनि समस्या आइरहेको भन्दै दीर्घकालिन रुपमा समस्या समाधानका लागि थ्री फेजको लाइन ल्याउने पहल भइरहेको बताए । उनले  ट्रान्सर्फमर राख्ने जग्गाको विषयमा भने विवाद आएको र छलफल गरेर विवाद समाधान गरिने बताए ।

    वितरण केन्द्र तालचोकका इन्जिनियर मेघनाथ भट्टराइले लगातारको हावाहुरीले पोल ढलाएको र कालो तार पनि जलेकाले मर्मतमा ढिलाई भएको बताए । उनले भने कालो केबल पछिल्लो हावाहुरीले गर्दा जलेको रहेछ,त्यो तार हामीसंग थिएन ,बाहिरबाट ल्याउन ढिलाई भएकाले अलि समस्या भएको हो ।त्यस्तै नेपाल विद्युत प्राधिकरण तालचोक वितरण केन्द्रका प्रमुख नविन कुमार लाभले सवै सामानहरु मर्मत स्थलमा पुगी सकेकाले आजै बेलुका सम्ममा मर्मत कार्य सकिने र लाइन छोड्ने बताए । पानीरेकाले समस्या भएको उनको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…