• भीमराज अधिकारी, पथरी
    १९ जेष्ठ २०७५
    सामुदायिक वन उपभोक्ता महासंघले हिजो आफ्नो २३ स्थापना दिवशको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरेका छन् । मोरङको पथरी शनिश्चरे स्थानिय नगर वन महासंघले सामुदायिक वनमा देखिएका सवाल माथि शान्ती सामुदायिक वनको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका समुदायिक वन उपभोक्ता महासंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष एवं पूर्व सांसद डिक बहादुर लिम्वूले सामुदायिक वनमा भएका समस्याका बारेमा प्रस्ट पार्नुभएको थियो । सामुदायिक वनमा अनेकौँ समस्याहरु रहेको र सरकारी तवरबाट पनि साझेदारी वन तथा वैज्ञानिक वन व्यवस्थापन भन्दै बखेडा झिकेर समस्या निम्त्याएको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सदस्य फडिन्द्र कार्की, केशव प्रसाद दाहाल, उमनाथ नेपाल लगाएतले मन्तव्य राखनुभएके थियो । सरकारी तवरले गरेका कतिपय कुराहरु विवादास्पद रहेको भन्दै सहभागिहरुले त्यस्ता कुराहरु तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । अनेक वाहानामा नेपाल सरकारका वन कार्यालयहरु सामुदायिक वनका विरुद्धमा लागेको वक्ताहरुले आरोप लागएका छन् । वैज्ञानिक वनका नाममा, साझेदारी वनका नाममा वनलाई हडप्न खोजेको भन्दै उनिहरुले आक्रोस पोखेका छन् ।
    कार्यक्रममा अध्यक्ष एवं सामुदायिक वन पथरी शनिश्चरे स्थानिय महासंघका अध्यक्ष रविन्द्र कुमार राइले तराइ क्षेत्रमा रहेको वनलाई सरपत कटान भएको र त्यसको विरोधमा सामुदायिक वन महासंघ रहेको बताउनुभयो । २०५२ सालमा स्थापना भएको महासंघको २३ औँ स्थापना दिवशको औपचारिक कार्यक्रम प्रमुख अतिथि डिक बहादुर लिम्बूले दिव प्रज्वलन र विरुवामा पनी लगाएर उद्घाटन गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…