• भीमराज अधिकारी, पथरी
    १९ जेष्ठ २०७५
    मोरङको पथरी शनिश्चरे ६ गेलावारीका ४० घर ऋषिदेव परिवारले पारावोलिक सोलार कुकर अर्थात घामबाट खान पकाउने सोलार पाएका छन् । हिजो एक कार्यक्रमको आयोजना गरी उक्त सोलार कुकर वितरण गरिएको हो । शनिश्चरे भुटानी सरणार्थी सिविरमा उपयोगमा रहेको उक्त सोलार त्यहाँका मानिसहरु पूनरबासका लागि तेश्रो मुलुक गए पछि प्रयोग विहिन भएको थियो । त्यही सोलार कुकरलाई अतिविपन्न ऋषिदेव परिवारका लागि वितरण गरिएको आम्दा नेपालका सौर्य कुकर कन्सलटेन्ट केशव भण्डारीले बताउनुभयो ।
    वडाको पछाडी परेको समुदायलाई केही राहत होस र उनिहरुको समस्या भनेको राज्यको समस्य भएका कारण कम्तीमा पनि राज्यको पस्थीति रहेको अनुभूति उनिहरुले गर्न पाउन भनेर यो वितरणका लागि पहल गरेको वडा नंं. ६ का अध्यक्ष जयबहादुर तमाङले बताउनुभयो । दाउराको प्रयोग गर्न जंगल पनि नजिक नभएको र आर्थिक रुपमा पनि पछाडी परेका कारण उनिहरुलाई सोलार कुकरले सहयोग पुग्ने तामाङको भनाइ छ ।
    यसको वितरण गरेर मात्रै नहुने र आफु नजिकै भएकाले यसको संरक्षणमा आफुले नियमित अनुगमन गर्ने वडा सदस्य वम बहादुर खत्रिले बताउनुभयो । पछाडी परेको समुदायका लागि यो वितरण गरिएको छ यसको संरक्षण गर्न र नियमित प्रयोगमा ल्याउन आफ्नो पनि भूमिका रहने खत्रीले बताउनुभयो ।
    सोेलार कुकर पाएपछि ऋषिदेव परिवार निकै खुसी देखिएका छन् । आफुले पाएको सोलार कुकरको नियमित प्रयोग गर्ने र सरसफाइ गरेर राख्ने तारा ऋषिदेवले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…