• देबु बानियाँ
    मेचीनगर । दोस्रो युवा संघ नेपाल अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।
    युवा संघ नेपाल मेचीनगरको संयोजना तथा युवा संघ नेपाल वडा नम्बर ५ को आयोजनामा शुनिवार सम्पन्न फाइनल खेलमा वडा नम्बर १३ लाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै फाइनलको उपाधि माथि कब्जा जमाएको हो ।
    उपाधिसँगै ३ नम्बरले नगद २० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता बनेको १३ नम्बर वडाले नगद १० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
    खेल अवधीभरको उत्कृष्ट खेलाडी विजेता टिमका रोमन मेचे घोषित भए । उनलाई नगद १ हजारसहित ट्रफी प्रदान गरियो । खेलको म्यान अफ द म्याच विजेता टिमका सिमान्त थापा, सर्वाधिक गोलकर्ता विजेता टिमका लुसेन सुब्बा, उत्कृष्ट गोलरक्षक विजेता टिमका सजन सुब्बा, उत्कृष्ट डिफेन्स विजेता टिमका सिमान्त थापा र फेयर अफ द टुनामेन्ट टिमका रुपमा वडा नम्बर ५ पुरस्कृत भए ।
    प्रतियोगितामा जितका लागि रोमन मेचेले २१ औँ र ३७ औँ मिनेट तथा लुसेन सुब्बाले २९ औँ मिनेटमा गोल गरेका थिए ।
    विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रासद मैनाली, गोपालचन्द्र बुढाथोकी, मेचीनगरकी उपप्रमुख मिना उप्रेती, वडा नम्बर ३ का वडा अध्यक्ष हर्क बस्नेत, वडा नम्बर १३ का अध्यक्ष कृष्ण सिग्देल, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापा, युवा संघका वडा अध्यक्ष तिलक बस्नेत, क्षेत्र नम्बर १ का क्षेत्रीय इन्र्चाज तथा जिल्ला सदस्य राजु धिमाल, नगर अध्यक्ष सरोज मेहरा, नेकपाका नेता डिल्ली घिमिरे, माधव अर्याल, नेपाली कांगे्रसका नगर उपसभापति सुरेन्द्र बुढाथोकी, युवा संघ केन्द्रीय सदस्य प्रत्युस राना, जिल्ला सचिव सुमन थापालगायतले वितरण गरेका थिए ।
    प्रतियोगिताका लागि व्यवसाहि नविन रानाले दोस्रो नगद पुरस्कार, पहिलो ट्रफी भानु थापा, दोस्रो ट्रफी प्रदीप धिमाल, सरदचन्द्रप्रकाश राईले १० हजार प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।
    वडा अध्यक्ष तिलक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत
    नगर अध्यक्ष सरोज मेहराले गरेका थिए भने सञ्चालन क्षेत्रीय सदस्य लुसन तिवारीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…