• दमक, १९ जेठ ।

    सर्वसम्वत चयन भएका छन् ।
    पत्रकार मञ्च दमक झापाको चौंथो अधिवेशनबाट  गदाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्
    गदाल नेतृत्वको ९ सदस्यीय नेतृत्व निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक गञ्जबहादुर दाहालले जानकारी दिए ।
    निर्वाचित उपाध्यक्षमा झगेन्द्रबहादुर खड्का, सचिवमा देशराज नेम्बाङ, सह–सचिवमा उमानाथ भण्डारी र कोषाध्यक्षमा कुसुम तामाङ निर्विरोध भए । त्यस्तै मञ्चका कार्य समिति सदस्यहरुमा क्रमशः धनबहादुर थेबे (निङ्वाहाङ), गीताकुमारी ढुङ्गाना, चेतन आङ्थुपो र श्यामकृष्ण लम्साल निर्विरोध भएका हुन् ।
    गत पुष १७ गते स्थगित पत्रकार मञ्चको निर्वाचन कार्यक्रम पत्रकार जन्य संगठनअहरुबीच आपसी समझदारी कायम गरी शनिबार निर्विरोध नयाँ नेतृत्वलाई निर्वाचित गरिएको निर्वाचन समितिका सदस्य कमन देवानले बताए ।
    निर्वाचन सम्पन्न भए लगत्तै आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सदस्य तीर्थ सिग्देल, मञ्चका पूर्व अध्यक्ष भूपेन्द्र तिम्सिना र निर्वाचन समितिका सदस्य डण्डीराज घिमिरेले शुभकामना व्यक्त गरेका थिए ।
    नवनिर्वाचित अध्यक्ष गदालले समितिका तर्फबाट प्रतिवद्धता राख्दै मञ्चलाई गतिशील संस्थाका रूपमा अघि बढाउने बताए ।
    कार्यक्रममा महासंघ प्रदेश १ का सदस्य बिमल लामिछाने, सङ्घीय प्रेस फोरमका केन्द्रीय सदस्य डिकेश लामा, प्रेस सेन्टर झापाका अध्यक्ष टीकाराम उप्रेती, प्रेस युनियन झापाका सचिव गिरिराज भट्टराई, महासंघका प्रदेश पार्षदहरु मिनप्रकाश उप्रेती र उत्तम रिजाल, महासंघ झापा सदस्य अनिलदेव राई, फोनिज प्रदेश १ पार्षद सुसन राई, पूर्व अध्यक्षहरु कृष्ण कार्की, गोपाल झापाली, निवर्तमान अध्यक्ष विष्णु पोख्रेल, निवर्तमान उपाध्यक्ष विष्णु पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…