• बाहुनडाँगी, १९ जेठ .

    बाहुनडाँगीमा जारी फन्दासिंह पाण्डे स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा मुनाल क्लब चन्द्रगढी प्रवेश गरेको छ । झापा मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा एपीएफ पाडाजुंगीलाई सडन डेथमा पराजित गर्दै मुनालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
    निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा ३–३ गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको थियो । ट्राईब्रेकरमा मुनाल क्लबका तर्फबाट मित्र बस्नेत, रेजिन सुब्बा, दिनेश कार्की, सञ्जय लिम्बु र युगलकिशोर राईले गोल गरेका थिए भने बुद्धबल तामाङ, राम मार्दीको बललाई विपक्षी टिमका गोलरक्षक दिलकुमार लिम्बुले विफल पारेका थिए ।
    एपीएफका तर्फबाट बुद्धि राई, योगेश बुर्जा मगर, दिपक पौडेल, यज्ञबहादुर मल्लको प्रहार गोलमा परिणत भएको थियो भने प्रदिप चौधरी, उज्ज्वल चाम्लिङ, फुसन मुर्मुको प्रहार मुनालका गोलपोष्ट सम्हालेका दिपान्सु राउतले विफल तुल्याए । खेलको म्यान अफ दि म्याच मुनालका गोलरक्षक दिपान्सु राउत भए ।
    खेल शुरु भएको १० औं मिनेटमा एपीएफका योगेश बुर्जा मगरले सशक्त प्रहार गरेको बल पोष्ट बार भन्दा माथि गएको थियो । एपीएफले पहिलो हाफमा धेरै मौका खेरा फालेको थियो । बुद्धि राईले १७ औं मिनेटमा गरेको प्रहार मुनालका गोलकिपरले विफल तुल्याए । लगत्तै मुनालका दिनेश कार्कीले गरेको प्रहार बारमा ठोक्किएर फर्कदा गोलको अग्रता लिनबाट चुक्यो । २५ औं मिनेटमा एपीएफका बुद्धि राईले टिमका लागि पहिलो गोल गरेका थिए । विपक्षी टिमका खेलाडीले लडाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै जर्सी नं. ६ का राईले उत्कृष्ट गोल गरेका थिए । मुनाललाई दवावमा राख्दै एपीएफले १–० को नतिजामा पहिलो हाफ समाप्त गरेको थियो । पहिलो हाफ १–० ले पछि परेको मुनालले दोस्रो हाफमा सुधारिएको खेल पस्केको थियो । दोस्रो हाफको ३५ औं मिनेटमा मुनालका बुद्धबल तामाङले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । २ मिनेट खेलमा सम्हालिन नसक्दा एपीएफ जितबाट बञ्चित हुनु परेको थियो ।
    आइतबारको खेल दमक फुटबल क्लब र काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका बीच हुने आयोजकका प्रचार प्रसार समितिका संयोजक तथा सह आयोजक बाहुनडाँगी जेसीजका महासचिव सागर कार्कीले बताए । प्रतियोगिता जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । बाहुनडाँगी युवा क्लव आयोजक र बाहुनडाँगी जेसीज सह–आयोजक रहेको प्रतियोगितालाई प्राविधिक सहयोग जिल्ला फुटबल संघ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रदान गरेको छ । प्रतियोगिताको विजेताले ६१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ नगद राशीसहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…