• देबु बानियाँ
    काठमाडौँ । नेपाल जेसीजका राष्ट्रिय जेसीआई सिनेटर अध्यक्ष श्रीधर बस्यालले अन्तराष्ट्रिय जेसीआइमा नेपाल जेसीजको छवि क्रमश उच्च हुँदै गएको अनुभूति भएको बताउनु भएको छ ।
    जापानको कांगोसिमा हालै सम्पन्न जेसीआईको एसिया प्रासन्त अन्तराष्ट्रिय सम्मेलनमा सहभागि भएर शनिवार नेपाल आउनु भएको बस्यालले रातोकलमसँगको कुराकानी यस्तो बताउनु भएको हो ।
    ‘ अन्तराष्ट्रिय जेसीआईमा नेपाल जेसीआइको बेग्लै पहिचान बन्दै गएको छ’ राष्ट्रिय अध्यक्ष बस्यालले भन्नु भयो–‘नेपाल जेसीजले गर्ने हरेक काम र कर्तव्यप्रति अन्तराष्ट्रिय जेसीजमा नै बेग्लै स्थान रहेको छ । जेसीआईको मिसन र भिजन अनुसार हामी सधैँ कटिबद्ध भएर लागेका छौँ ।’
    अध्यक्ष बस्यालले नेपाल जेसीजले पनि जेसीआईका अन्तराष्टिय कार्यक्रम नेपालमा गर्न सक्ने बताउनु भएको छ । यदि यस किसिमले अन्तराष्ट्रिय सम्मेलन गर्न सकियो भने नेपालको पर्यटन विकासको आधार नेपाल जेसीजले पनि गर्न सक्ने अनुभूति भएको बताउँदै अध्यक्ष बस्यालले यस्तो कार्यक्रमले आम नेपाली युवाहरुलाई परिवर्तनको बाटोमा अगाडी लान उत्प्रेरित गर्न सक्ने बताउनु भयो । यसका लागि यसको तयारी गरेर जानु पर्ने उहाँको भनाइ छ ।
    ‘हामी गर्न सक्छौँ’ सम्मेलनको अनुभव संगालेर आउनु भएको बस्यालले भन्नु भयो–‘तर त्यसका लागि केही वर्ष तयारी गर्नु पर्छ । तयारीका साथ लाग्ने हो भने जेसीआई नेपालले गर्न सक्छ ।’
    सम्मेलनमा सहभागि हुन नेपाल जेसीजबाट ६१ जनाको टोली जापान गएको थियो । जुन अहिलेसम्मको नेपाल जेसीजको इतिहासमा सबै भन्दा धेरै सहभागि भएको हो ।
    सम्मेलनमा नेपाल जेसीजका तर्फबाट राष्ट्रिय पोशाक दौरा सुरुवाल, ढाका टोपी सहित नेपाली राष्ट्रिय झण्डासहित आफ्नो प्रोमो शो गरेका थिए । साथै नेपाली संस्कृति झल्कने नृत्य समेत प्रस्तुत भएको थियो । ४ दिनको सम्मेलने सकेर टोली नेपाल आएका छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…