• देबु बानियाँ झापा ।
    सुर्खेत । सुर्खेत महिला जेसीजले आयोजना गरेको यो वर्षको जेसीज सप्ताह आगामी दिनहरुलाई नयाँ उत्साह र उमंग थप्दै सम्पन्न भएको छ ।  जेठ १२ गते स्लो स्कुटी ड्राइभ प्रतियोगितासँगै उद्घाटन भएको जेसीज सप्ताह शनिवार मदर डान्स गर्दै समापन भएको हो ।
    शनिवार सम्पन्न मदर डान्समा जानकी मगरले सुर्खेत महिला जेसीज मदर डान्सको उपाधि उचालिन् । उनले ६ जना डान्सरलाई पछि पार्दै उपाधि माथि कब्जा जमाएकी हुन् । नृत्य प्रतियोगिताको निर्णायकमा रमेश शाही, नृत्य निर्देशक केशव थापा र लेडी जेसीज पूर्व अध्यक्ष निर्मला सुवेदी रहेका मदर डान्स संयोजक प्रमी शाक्यले बताइन् । नृत्य प्रतियोगितामा विजेता नृत्यकारलाई ट्रफी र मायाको चिनो प्रदान गरिएको थियो ।
    यसैगरी, उद्घाटन समारोहमा भएको स्कुटी रेशमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही ५ हजार ३ हजार र १५ सय सहित प्रमाण पत्रका साथ पुरस्कृत गरिएको थियो । स्कुटी रेशमा धनु रामजाली प्रथम, हिना मल्ल दोस्रो र तुलसी थापा तेस्रो भएका थिए । यसैगरी वक्तृत्वकला प्रतियोगिता विजेता हुने टोलीलाई ट्रफी र मायाको चिनो प्रदान गरिएको थियो । वक्ृत्वकला प्रतियोगितामा सेन्ट मेरिज को एड स्कुलकी चन्द्रा खत्री प्रथम, सेडा स्कुलकी सृष्टि शर्मा दोस्रो र डिभि निकेतनकी निहारिका सुवेदी तेस्रो भएका थिए । उक्त ट्रफी सुर्खेत महिला जेसीजकी पूर्व अध्यक्ष सुष्मा गिरीले सौजन्य गरेकी थिइन् ।
    यसैगरी सोही अवसरमा सुर्खेतकी दृष्टिबिहिन महिला शोमना खड्कालाई दोसल्ला ओाएर सम्मान गरिएको थियो । उनले आफ्नाृ जीवन कहानी सुनाउँदा सहभागिको माहोल स्तब्ध हुँदै सबैका आँखा रसाएका थिए । सहभागिले उनीबाट थुप्रै कुरा सिक्नु पर्ने बताए ।
    जेसीज सप्ताह सम्पन्न गर्ने सबै प्रत्यक्ष तथा अप्रत्यक्ष व्यक्तिहरुलाई शाखा अध्यक्ष कृति गुभाजु शाक्यले धन्यवाद ज्ञापन गरिन । उनले यस वर्षको सप्ताह सोचे भन्दा उत्कृष्ट रुपमा सम्पन्न भएको बताउँदै यसले थप हौषला मिलेको र आफ्नो कार्यकाललाई उत्कृष्ट कार्यकाल बनाउनु आफुले तन मन र वचनले भ्याएसम्म अहोरात्र लागि पर्ने प्रतिबद्धता समेत जनाइन् । उनले कुनै पनि काम सफल गर्नु छ भने टिमवर्क नै महत्वपूर्ण हुने बताउँदै आफ्नो शाखाका सम्पूर्ण सदस्य तथा पूर्व अध्यषहरुलाई धन्यवाद दिइन् ।
    जेसीआई सिनेटर गेहेन्द्रप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा सुर्खेत महिला जेसीजकी संस्थापक अध्यष सीमा चन्दको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिनेटर गेहेन्द्रप्रसाद दाहालकि  प्रथम महिला भूमिसरा दाहाल, विशिष्ट अतिथि सुर्खेत महिला जेसीजकी संस्थापक महासचिव एवम पूर्व अध्यक्ष ज्योति पौडेल सर्खुेत महिला जेसीजकी पूर्व अध्यक्ष निर्मला सुवेदी, प्रतिमा मल्ल, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष भद्र भण्डारी, जेसी उपेन्द्र सुवेदी, सुर्खेत महिला जेसीजकी अध्यक्षकी ममतामयी आमा कमला जैशी,  प्रथम पुरुष सञ्जिवमान शाक्य  तुलसीपुर जेसीजका महासचिव नयनराज भट्टराई, बिरेन्द्रनगर जुनियर जेसीजका अध्यक्ष यज्ञ खत्री, काक्रेबिहार दैनिकका पत्रकार शुसिल कुमार शर्मा, रित्न मिडिया प्रालिका अध्यक्ष अशोक कुमार सिंह, त्रिरत्न मिडियाका सह प्रबन्धक प्रबाश कुमार शाक्यलगायतले उल्लेखीय सहभागिता रहेको थियो । सहभागि प्रमुख अतिथि तथा अतिथिहरुलाई सुर्खेत महिला जेसीजको तर्फबाट मायाको चिनो प्रदान गरिएको सम्मान कार्यक्रम संयोजक रश्मी शाक्यले बताइन् ।
    शाखा अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत प्रमी शाक्य र धन्यवाद मन्तव्य रश्मी शाक्यले गरेकी थिइन् ।  कार्यक्रमको सञ्चालन महासचिव सिया प्रधान कार्कीले गरेकी थिइन् । कार्यक्रमको मुख्य संयोजकका रुपमा सुमित्रा गौतम रहेकी छन् । अध्यक्ष शाक्यले जेसीज सप्ताहमा कार्यक्रमको संयोजन गर्ने सबै संयोजकहरुलाई आगामी दिनको प्रोत्साहनका लागि मायाको चिनो प्रदान गरेकी थिइन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…