• युएई, २० जेठ – युएईमा रहेर बिजनेश काउन्सिलमा आबद्ध विभिन्न मुलुकका प्रतिनिधिहरुले नेपाली व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

    युएईको दुबई राज्यमा नेपाली बिजनेस काउन्सिल दुबईले आयोजना गरेको बिजनेस नेटबर्किङ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनीहरुले उक्त धारणा राखेका हुन्।

    अन्तरक्रिया  कार्यक्रममा पाकिस्तान बिजनेस काउन्सिलका उपाध्यक्ष काम्रान अहम्मद, फिलिपिन्स बिजनेस काउन्सिलका अध्यक्ष मिस मारियम, सिइओ क्लबका सिइओ डा तारिख निजामी, पाकिस्तानी कन्सुलेटबाट महावाणिज्यदूत डा. नासिर खान लगायतकाले नेपाली बिजनेस काउन्सिलसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

    काउन्सिल अध्यक्ष डा. सिद्दिकीको अध्यक्षतामा सम्पन्न साधारणसभामा युएईमा व्यापार व्यावसाय गरिरहेका व्यापारी तथा  विभिन्न कम्पनीमा कार्यरत उच्चपदस्त कर्मचारीहरुको सहभागिता  रहेको नेपाल बिजनेस काउन्सिल दुबईका महासचिव दिपकराज पौडेलले जानकारी दिए।

    कार्यक्रममा एयर अरेबियाका क्याप्टेन दिपक थपलिया, इमिरेट्स एयरलाइन्सका एक विभागका उपाध्यक्ष मोहन शर्मा लगायतले नेपाल बिजनेस काउन्सिलको आगामी कार्यकालको सफलताको कामना गरेका थिए ।

    अध्यक्षमा पुनः डा आशिफ अलि चयन 

    नेपाल बिजनेस काउन्सिल युएईको दोस्रो साधारणसभाले अध्यक्षमा पुनः डा आशिफ अलि सिद्दिकीलाई चुनेको छ। दुबईमा सम्पन्न साधारणसभाले अध्यक्षसहित अधिक पदाधिकारीहरु पुरानो जिम्मेवारी दोहोर्याएको हो।

    साधारणसभाले उपाध्यक्षमा क्रमशः चन्द्रप्रसाद सापकोटा, नेत्रप्रसाद शर्मा, उमेशकुमार न्यौपाने सर्वसम्मत चयन गरेको छ। महासचिवमा दिपकराज पौडेल र कोषध्यक्षमा एकेन्द्रबहादुर थापा दोहोरिएका छन्।

    काउन्सिलको कार्यसमिति सदस्यमा सूर्यकुमार गिरी, अशोक खड्का, मिलन बस्नेत, लोकेन्द्रबहादुर बम र होमबहादुर रानाभाट सर्वसम्मत चयन भएको महासचिव पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…