• देबु बानियाँ
    झापा । उमेरले १२ वर्ष मात्र पुग्दैछिन रोशा फुयाँल । तर, उनको गायन प्रतिभा कुनै सेलीब्रेटी गायिका भन्दा कम छैन । सानै उमेरमा पाएको उनको यो सफलताले थप हौषला हुँदै गएको छ । हिमालयन इङ्लिस एकाडेमी मेचीनगर–१० धुलावारी झापामा कक्षा ६ मा अध्ययनरत रोजा सानै उमेरमा अब्बल गायिकाको परिचय बनाउन सफल भएकी छिन् ।
    बुबा गोपी फुयाँल र आमा कला फुयाँलकी छोरी रोजाको जन्म २०६३ साल मंसिर १६ गते भएको थियो ।
    गाउँघरमा हुने भजन किर्तनबाट गीत गाउन सुरु गरेकी रोजाले मेचीनगर लेडी जेसीजले आयोजना गरेको गायन प्रशिक्षणमा उनले गाउन सिक्ने अवसर पाएकी थिइन् । जसले उनलाई यस क्षेत्रमा अझ निखारपन ल्याएको थियो । साथै विद्यालयले पनि उनको गायिकीपनलाई अझ प्रस्फुटन हुने मौका दिएको थियो ।
    उनले अहिलेसम्म दर्जनौँ स्टेज कार्यक्रमको फेस गरिसकेकी छिन् । एक वर्ष अघि आयेजना भएको बाल महोत्सव, प्याव्सनका हरेक गायन प्रतियोगिताहरुमा, प्रतिभा युवा परिवारले आयोजना गरेको साँस्कृतिक कार्यक्रमलगायतका स्टेजहरुमा सहभागि भइसकेकी छिन् ।
    यसैगरी, इटहरीमा भएको पूर्वाञ्चल गायन प्रतियोगिता टप २० सम्म पुग्न सफल भएकी थिइन् । प्याव्सन झापाले आयोजना गरेको गरेका गायन प्रतियोगितामा क्षेत्र नम्बर १ मा प्रथम तथा जिल्लास्तरीय प्रतियोगितामा सान्तवना भएकी थिइन् ।
    यसो त उनले ११ वर्षको उमेरमा ‘मेरो बाटो म आफै खान्छु’ गीति एल्वम रेकर्ड समेत गराएकी छिन् । उक्त गीतमा संगीतकार रमेश संग्रौलाको संगित र शब्द रमेश सायनको रहेको छ ।  काठमाडौँको एमबि म्युुजिक स्टुडियोमा रेकर्ड गराएको यो गीतले राम्रै चर्चा समेत बटुलेको छ ।
    उनको गायीकीपनले धेरैलाई मोहित बनाउने गरेको छ । साथै उनी हाल विर्तामोडस्थित सनलाइट म्युजिक स्कुलमा संगीत कक्षा लिइरहेकी छिन् । ‘रोजा यस क्षेत्रको राम्रो प्रतिभा हुन’ हिमालयन इङलिस एकाडेमीका उच्च मावि कोडिनेटर भाष्कर निरौलाले भने –‘स्टेज चढेपछि जुनुकै गीतलाई पनि सहजै गाउन सक्ने क्षमता उनीसँगसँग छ । विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रममा रोजाको उत्कृष्ट प्रस्तुती रहँदै आएको छ । भविष्यमा उनी राम्रो गायिका हुनेछिन् ।’
    अभिभावकको साथ र विद्यालयको हौषलाका कारण यो सफलता प्रापत गर्दै गएको रोजाले बताइन् । उनी भभिष्यमा सफल गायिका बन्ने लक्ष्य लिएकी छिन् । गितार र हारमुनियममा पनि उत्तिकै अब्बल उनी आफ्नो गीतलाई आफै संगित दिन सक्ने भएकी छिन् ।
    पढाइमा समेत अब्बल रहेकी उनी नृत्यमा पनि उत्तिकै पारखी छिन् । नेपाली लोक संस्कृतिमा नृत्य गर्ने गरेकी उनी संगीतलाई जीवनको एउटा पाटो सम्झने गरेकी छिन् । पढाइदेखि बचेको समयलाई उनी संगीत क्षेत्रमा नै खर्च गर्ने गर्छिन । समान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएर पनि उनी आफुलाई कुनै विचलित नबाइ अहोरात्र आफ्नो नृत्यकर्मलाई अंगाल्दै आएकी छिन् । ‘उनको प्रतिभाको जतिनै प्रशंसा गरे पनि कम हुन्छ’ एकाडेमीका निर्देशक दिपक भण्डारी भन्छन्–‘अहिलेको यो उमेरमै उनीसँग यस्तो बहुआयमिक प्रतिभा छ । भविष्यमा उनले आफुलाई सहजै यो समाजमा चिनाउन सफल हुन्छिन् । त्यसका लागि विद्यालयले हरेक क्षेत्रमा साथ र सहयोग गरेर जानेछ ।’
    एकाडेमीका प्रिन्सिपल कृष्णप्रसाद निरौलाले रोजा विद्यालयको सम्पति भएको बताए । उनले रोजाको प्रतिभालाई प्रस्फुटन गर्नका लागि हरेक समय साथ दिने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…