• देबु बानियाँ झापा ।

    मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले शैक्षिक क्षेत्रका समस्याहरुसँग नगरपालिका गम्भिर रहेको बताउनु भएको छ ।
    आइतवार शिक्षक महासंघको निर्देशन अनुसार मेचीनगर समितिले नगरपालिकालाई बुझाएको २६ बुँदे माग पत्र बुझ्दै नगर प्रमुख आचार्यले शैक्षिक गुणस्तर, शिक्षकहरुको सेवा सुविधा, शिक्षकको प्रतिनिधित्व, शैक्षिक विकास तथा बजेट विन्योजनलगायतका विषयमा नगरपालिका सम्बेधनशिल रहेको बताउनु भएको हो ।
    ‘हाम्रो एक्लौटी निर्णण हुने छैन’ नगर प्रमुख आचार्यले भन्नु भयो –‘नगरपालिकाका सबै समितिमा काम हुनेछन् ।’
    प्रमुख आचार्यले केन्द्र र प्रदेशसँग सम्बन्धित विषयहरुको समाधानका लागि नगरपालिकाको संयोजनकारी भूमिका रहने बताउँदै स्थानीय निकायको अधिकारभित्र रहेका बिषयहरुमा थप परिपार्जित गर्दै शैक्षिक गुणस्तरमा कटिबद्ध भएर लाग्ने बताउनु भयो । उहाँले शैक्षिक विकास नगरको मुख्य पाटो रहेको बताउँदै बाल विकास शिक्षकको तलव वृद्धि गर्ने, अपांग मैत्री भवन निर्माण, शिक्षण मैत्री वातावरण निर्माणलगायतका विषयमा छिट्टै नयाँ योजनाका आधारमा अघि बढ्ने बताउनु भयो ।
    उप मेयर मिन उप्रेतीले शैक्षिक विकास नभए समृद्ध नगरको परिकल्पना गर्न नसकिने बताउँदै नगरको शैक्षिक विकासमा नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।
    शिक्षक महासंघका राष्ट्रिय महाधिवेशन प्रतिनिधि तेजप्रसाद चौलगाईले पेशागच समस्याहरु अझै जस्ताको तस्तै रहेको बताउँदै वर्तमान परिवर्तित सन्दर्भमा मौजुदा शिक्षा ऐन र नियमवाली विपरित हुने गरी स्थानीय सरकारहरुले शिक्षा नियमवाली जारी गरीे शैक्षिक क्षेत्रमा अन्योलता खडा गरेको हुनाले नेपाल शिक्षक महासंघ आन्दोलित छ ।

    नेपाल शिक्षक महासंघ मेचीनगर नगर कार्यसमितिले आइतवार मेचीनगर प्रमुख तथा उपप्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघको राष्ट्रिय कार्यक्रम अन्तर्गत आइतवार मेचीनगरमा विरोध तथा माग पत्र पेश गरिएको हो । महासंघको २६ बुँदे तथा मेचीनगर नगर कार्य समितिको १९ बुँदे विरोध तथा माग पत्र पेश गरिएको महासंघका मेचीनगर अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनु भयो ।
    मागपत्रमा नगरपालिकाले जारी गरेको शिक्षा नियमावलीलाई शिक्षा कार्य विधिमा रुपान्तरण गर्न माग गरिएको छ । साथै मौजुदा शिक्षा ऐन तथा नियमावलीबाट पदान गरिएको शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधाको प्रतिकुल हुने गरी राखिएका प्रावधान सच्याउन माग गरिएको निवर्तमान जिल्ला अध्यक्ष तेजप्रसाद चौलगाईले बताउनु भयो । नगरले तर्जुमा गर्ने जुनसुकै कार्यक्रम तथा नीति निर्माणका तहमा महासंघको सहभागिता अनिवार्य गर्न, बाल विकास शिक्षक तथा कर्मचारीको न्युनतम पारिश्रमिक लागु गर्न, शिक्षामा कम्तिमा १५ प्रतिशत बजेट विनियोजन गर्न, स्थानीय तह पुनरसंरचना अघिका साविक दुहागढी, ज्यामिरगढी, धाइजन र बाहनडाँगी र मेचीनगरमा १–१ वटा नमुना आधारभूत विद्यालय स्थापनाका लागि ठोस पहल गर्न माग गरिएको सचिव अग्नि घिमिरेले बताउनु भयो ।
    नगर क्षेत्र भित्रका संस्थागत विद्यालयहरुको सञ्चालन र व्यवस्थापन तोकिएको मापदण्ड अनुसार रहे नरहेको अनुगमन तथा नियमन गर्न पनि माग गरिएको छ । त्यसैगरी नगरपालिकाले विद्यालयलाई छुट्याएको बजेटमा लागत सहभागिताको व्यवस्था खारेज गर्नुपर्ने लागयतका मागहरु विरोध तथा मागपत्रमा उल्लेख गरिएको छ । नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई सो विरोध तथा मागपत्र हस्तान्तरण गरिएको थियो । महासंघका अध्यक्ष लेखनाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव अग्नि घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा मेचीनगर भरीका एक सय भन्दा धेरै शिक्षकको सहभागिता थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…