• देबु बानियाँ झापा

    बाहुनडाँगी जेठ २० । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी फन्दासिंह स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
    आइतवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा दमक फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै ट्रेनिङ सेन्टरले सेमीफाइनलको यात्रा तय गरेको हो । योसँगै सेमीफाइनलको समिकरण पुरा भएको छ ।
    सोमवारको पहिलो सेमीफाइनल खेल शनिश्चरे फुटबल क्लब र मुनाल फुटबल क्लब तथा मंगलवार आयोजक बाहुनडाँगी युवा क्लब र आइतवारको विजेता ट्रेनिङ सेन्टरबिच हुने आयेजक समितिका प्रचार प्रसार संयोजक सागर कार्कीले बताए ।
    ट्रेनिङ सेन्टरको जितका लागि खेलको सुरुवातीको दोस्रो मिनेटमा अजय राजवंशी र खेलको ३९ औँ मिनेटमा विकास लिम्बूले गोल गरेका थिए । दमकका तर्फबाट खेलको ५५ औँ मिनेटमा कुमार गिरीले सान्तवना गोल गरेका थिए ।
    खेलको म्यान अफ द म्याच विजेता टिमका अजय राजवंशी भए । उनलाई दिपक बरालले प्रदान गरेको नगद २ हजार क्लबका अध्यक्ष पोषक दर्जी र क्लबका संस्थापक उपाध्यक्ष राजेश बुढाथोकीले प्रदान गरेका थिए । बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुनडाँगी जेसीजको सह आयोजनामा भएको प्रतियोगितामा विजेता टिमले नगद ६१ हजार र उपविजेता टिमले नगद ३१ हजार प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…