• देबु बानियाँ झापा ।
    बुटवल । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैजुले व्यवसायिक्ताले नै मानिसलाई सक्षम र सबल बनाउने बताउनु भएको छ ।
    सिदार्थ जेसीज, बुटवल जेसीज, बुटवल लेडी जेसीज र सिदार्थ लेडी जेसीजको संयुक्त आयोजनामा भएको व्यवसायिक तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय अध्यक्ष जैसुले जेसीजले युवाहरुलाई सामाजिक रुपान्तरणसँगै व्यवसायी बन्न उत्प्रेरीत गर्ने बताउँदै आम युवाहरु व्यवसायीक बन्न आग्रह गर्नु भयो । ‘व्यवसायले नै जीवनमा परिवर्तन ल्याउँछ’ अध्यक्ष जैसुले भन्नु भयो–‘जेसीजमा आबद्ध भएर व्यवसायलाई पनि सँगसँगै अघि लैजाने हो भने जो कोहीको जीवनमा आमुल परिवर्तन हुनेछ ।’
    कार्यक्रमका विशेष अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले मानिसलाई आत्मानिर्भर बनाउनको लागि उत्पेरित गर्ने बताउँदै त्यसका लागि व्यक्ति स्वयम परिवर्तन हुनको लागि आग्रह गर्नु भयो । बुटवल र भैरहवाका युवाहरुलाई लक्षित गरि व्यवसायिकता सम्बन्धि तालिमको आयोजना गरिएको थियो ।
    बुटवल जेसीजका अध्यक्ष यामप्रसाद तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिद्धार्थ जेसीजका अध्यक्ष कमल भण्डारी, बुटलव जेसीजका कानुनी सल्लाहकार गोपालप्रसाद चापागाई, सिद्धार्थ लेडी जेसीजककी महासचिव तुलसा भषाल, बुटवल लेडी जेसीजकी कल्पना पाण्डे, सिद्धार्थ जेसीजका विकास श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरेर जाने प्रतिबद्धता जनाएका थिए । सहभागि युवाहरुले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठसँग व्यवसायिक क्षेत्रमा युवाहरुको सम्भावना र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
    कार्यक्रममा बुटवल लेडी जेसीजकी अध्यक्ष राधिका पोखरेल, सिद्धार्थ लेडी जेसीजकी अध्यक्ष बिन्दु उपाध्यायलगायत ४ वटै शाखाका पूर्व अध्यक्ष तथा समितिको विभिन्न व्यक्तिहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
    बुटबल जेसीजका उपाध्यक्ष दिनेश खड्काले सञ्चालन गरेको कार्यक्रममा सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष देवराज न्यौपाने, सिद्धार्थ महिला जेसीकी पूर्व अध्यक्ष रचना क्षेत्रीले आफुले व्यवसाय क्षेत्रमा गरेका संघर्ष र सफलताको कथा सुनाउनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…