• बिर्तामोड । चारआली जेसीजको आयोजनामा सम्पन्न जेसीआई कर्पोरेट फुटसल कप २०१८ को उपाधि बिर्ता सिटी हस्पिटलले उचालेको छ । शनिबार बिर्तामोडस्थित अब्सुलेट फुटसलको सभाहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विएण्डसी हस्पिटललाई ७–० को गोल अन्तरले पराजित गर्दै बिर्ता सिटीले उपाधि चुमेको हो । प्रतियोगिताको म्यान अफ द सिरिज डा। कुमुदकुमार लिम्बू घोषित भए ।

    प्रतियोगिताको विजेता बिर्ता सिटीले ५१ हजार र उपविजेता बिएण्डसी हस्पिटलले २५ हजार रुपैयाँ, प्रमाणपत्र तथा ट्रफी हात पारे । प्रतियोगितामा सानिमा बैंक, बिर्ता सिटी हस्पिटल, एक्सेल डेभलपमेन्ट बैंक, एनआईसी एसिया, बिएण्डसी टिचिङ हस्पिटल, कन्काई हस्पिटल, एभरेष्ट बैंक लि।, ग्लोबल आईएमई टिमको सहभागिता रहेको चारआली जेसीजका कार्यकारिणी उपाध्यक्ष बिरबहादुर बेघा बिरुले जानकारी दिए ।

    समापन कार्यक्रममा चारआली जेसीजका अध्यक्ष रोहित दाहालको सभापतित्व तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नागरिक उड्यान प्राधिकरणको झापा प्रमुख पूर्णप्रसाद चुँडाल, जेसीज पूर्व अध्यक्ष समाजको अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्य            कारिणी उपाध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेत, रेडबुलका सुपर स्टोकिष्ट राजेन्द्रकुमार थापा, नेपाल आइसको प्रतिनिधि यदुनाथ खड्का, कंगारु एजुकेशन कन्सलटेन्सीका प्रतिनिधि नविन ढुंगाना, संस्थापक अध्यक्ष विष्णु रिमाल, पूर्व अध्यक्ष राजेश गिरी, तीर्थ घिमिरे, धनबहादुर तामाङलगायतले बोलेका थिए । जेसीजका कानुनी सल्लाहकार उत्तम पकुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सन्तोष न्यौपानेले गरेका थिए । रेड बुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको नेपाल आइस सहप्रायोजक रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…