• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अन्डरलाइन र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ ।

    नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ ।

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो ।

    शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा नआएको स्रोतको दावी छ ।

    नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए ।

    फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् ।

    फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालिन नेकपा एमाले हुँदै नेकपा माओवादी राजनीतिमा सक्रिय थिए । (राजधानी दैनिकबाट)






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…