• देबु बानियाँ झापा ।
    चितवन । नारायणगढ जेसीज र नारायणगढ महिला जेसीजको संयोजन तथा यस क्षेत्रका १३ वटा शाखाको संयुक्त आयोजनामा एक दिने संसदीय व्यवस्था प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ ।
    पर्साखैरेनी जेसीज, रत्ननगर जेसीज, सौराह जेसीज, सौराह महिला महिला, बिसहजार जेसीज, सारदानगर जेसीज, गीतानगर जेसीज, गैँडाकोट जेसीज, देबचुली जेसीज, रजहर जेसीज, नवलपुर जेसीज, नारायणढ जेसीज र नारायणगढ महिला जेसीजका संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । चितनवका ९ र नवलपुरका ४ वटा गरी १३ वटा शाखाको आयोजनामा भएको तालिममा ७५ जना भन्दा धेरै जेसीजकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण नेपाल जेसीजका प्रशिक्षक राजाबाबु शाहले दिनु भएको थियो ।
    नारायणगण जेसीजका अध्यक्ष अर्जुन अधिकारी संयोजन शाखाको तर्फबाट स्वागत गर्दै नारायाणगढ जेसीजका पूर्व अध्यक्ष भरत मल्ल, पूर्व अध्यक्ष सेवन पन्त, पूर्व अध्यक्ष गोपाल भट्टराईले संयुक्त रुपमा प्रमुख प्रशिक्षक नेपाल जेसीजका प्रशिक्षक राजाबाबु शाहलाई तालिम सामाग्री हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
    कार्यक्रममा बोल्दै नारायणगढ जेसीजका पूर्व भरत मल्लले जेसीजको आस्था अनुसार बन्धुत्वको भावनालाई प्रगाण बनाउन र जेसीज शाखाहरुको बिचमा सम्बन्ध समधुर बनाउन यस प्रकारका संयुक्त आयोजनाले जेसीज अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नु भयो । नारायणगढ जेसीजका तालिम आयुक्त बासुदेव दवाडीले सञ्चालन गरेको कार्यक्रममा आस्थापाठ र राष्ट्रियगान सामुहिक रुपमा गरिएको थियो ।
    समापन समारोहमा नारायणगढ जेसीज वर्ष २०१८ का अध्यक्ष सल्लाहकार सेवन पन्त र नेपाल जेसीजका पूर्व राष्टिय कानुनी सल्लाहकार मनसा थैवल तथा सयुक्त आयोजक शाखाका अध्यक्षहरुले सामुहिक रुपमा प्रमुख प्रशिक्षक शाहलाई मायाको चिनो प्रदानसहित सम्मान गरेका थिए । कार्यक्रममा नारयणगढ लेडी जेसीजकी अध्यक्ष रमा श्रेष्ठ धन्यवाद सहित कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…