• देबु बानियाँ झापा ।
    झापा २१ जेठ । शनिश्चरे फुटबल क्लब फन्दासिंह पाण्डे स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
    बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुनाँगी जेसीजको सहआयोजनामा सोमवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा मुनाल क्लब चन्द्रगढीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै शनिश्चरेले फाइनलको यात्रा तय गरेको हो । फाइनलको यात्रासँगै शनिश्चरेले नगद ३१ हजार सुरक्षित गरेको छ ।
    जितका लागि खेलको २९ औँ मिनेटमा सरोज कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । कार्कीले हेमन्त तामाङो पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसको १ मिनेट बित्न नपाउँदै पुनः शनिश्चरेका प्रविण जबेगुले गोल गरेर दोब्बर बनाए ।
    पहिलो हाफ २–० ले पछि परेको मुनाल पुरै दवावमा रहेको थियो खेलको ५१ औँ मिनेटमा मुनालका दिनेश कार्कीले गोल गरेपछि खेलमा फर्कने केही आशा पलाएको थियो । उनले फल्डबापत पाएको फिकिकलाई सेकेण्ड पोलबार च्याप्दै सोझै गोल गरेका थिए । उनको गालेको विपक्षी गोलरक्षक किशोर गिरीले कुनै भेउ नै पाएनन् ।
    खेलको म्यान अफ द म्याच विजेता टिमका सरोज कार्की भए । उनले नगद २ हजार प्राप्त गरे । उनलाई टेकबहादुर कटुवालले प्रदान गरेको नगद २ हजारसहित बाहुनडाँगी जेसीजका अध्यक्ष एवम् सह आयोजकका संयोजक जीवन मोते र टेकबहादुर कटुवालले प्रदान गरे ।
    मंगलवारको अन्तिम सेमीफाइनल खेल आयोजक बाहुनडाँगी युवा क्लब र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबिच हुने आयोजकका प्रचार प्रसार समितिका संयोजक सागर कार्कीले बताए ।
    मंगलवारको विजेताले शनिश्चरे फुटबल क्लबसँग सामना गर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…